नाकाबन्दीको असर,७ हजार कन्टेनर भारतमा अलपत्र
०१ कार्तिक २०७२
•
८ मिनेट पाठ
नाकाबन्दीको असर,७ हजार कन्टेनर भारतमा अलपत्र
काठमाडौं-भारतले गरेको अघोषित नाकाबन्दीका कारण चीन तथा तेस्रो मुलुकबाट नेपाल आउन लागेका करिब ७ हजार मालवाहक कन्टेनर भारतमा अलपत्र छन् । भारतले सीमा क्षेत्रमा असुरक्षाको कारण देखाउँदै सामान बोकेका ट्रक नेपाल छिर्न रोकेपछि कोलकाता बन्दरगाहलगायत अन्य भन्सारमा कन्टेनर अलपत्र परेका हुन् ।




समयमा कन्टेनर जाँचपास गरेर नेपाल भित्रिन महिनौं लागेपछि आयातकर्ता व्यवसायीले कन्टेनर रोकिएवापतको करोडौं रुपैयाँ बिलम्ब शुल्क तिर्नुपरेको छ । कन्टेनर र कार्गो आवागमनमा धेरै ढिलो हुँदा ठूलो नेपाली व्यवसायीले करोडौं रुपैयाँ विलम्ब शुल्क तिर्नुपरेको कोलकाताका लागि नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले बताए ।

कोलकाता बन्दरगाह, कन्टेनर तथा कार्गो जाँच हुने भारतीय भन्सार र नेपाल–भारत सीमामा चीन तथा तेस्रो मुलुकबाट आएका ६ हजार ९ सय कन्टेनर अहिले भारतीय भूमिमा रोकिएको उनले कोलकाताबाट टेलिफोनमा जानकारी दिए । 'भारतले निर्यात गर्ने सामानका ट्रक÷कन्टेनर त यसै रोकिएका छन्,' उनले आइतबार नागरिकसँग भने, 'तेस्रो मुलुकबाट आएका सामान यहाँ रोकिँदा बन्दरगाह, भन्सार, सिपिङ लाइनर्स (पानी जहाजका ढुवानीकर्ता) र ट्रक÷रेलमा नेपालको सीमासम्म कन्टेनर ढुवानी गर्नेलाई समेत बिलम्ब शुल्क तिर्नुपरेको छ ।'

तेस्रो मुलुकबाट आएका सामान नेपालसम्म पु¥याएर समयमै कन्टेनर सिपर कम्पनीलाई फर्काउनुपर्छ । तर, छोटो अवधिमा उक्त काम पूरा गर्न सम्भव हुँदैन र बढी समय लाग्नासाथ कम्पनीले व्यवसायीलाई प्रतिदिन उच्च दरमा 'डिटेन्सन चार्ज' (ढिलाइवापत तिर्नुपर्ने जरिवाना) लगाउँछ । यही चार्ज तिर्न अहिले व्यवसायी हैरानी बेहोरिरहेको महावाणिज्य दूतावासले जनाएको छ ।

कोलकाता बन्दरगाहमा मात्र अहिले २ हजार ४ सय कन्टेनर जाँचपास हुन नसकेर थन्किएका छन् जसका कारण बन्दरगाह भरिएर अरू कन्टेनर ल्याएर राख्ने ठाउँसमेत नरहेको घिमिरेले बताए । उनका अनुसार बन्दरगाहबाट कन्टेनर पास नभई रोकिँदा व्यवसायीले सिपिङ लाइनर्सलाई प्रतिदिन प्रतिकन्टेनर १ सय ३५ अमेरिकी डलर (करिब साढे १३ हजार रुपैयाँ) बिलम्ब शुल्क डलर तिर्नुपरेको छ ।

उक्त बन्दरगाहमा रोकिएका सम्पूर्ण कन्टेनरका लागि प्रतिदिन करिब ४ करोड रुपैयाँ (२.५० करोड भारु) बिलम्ब शुल्क तिर्नुपर्ने महावाणिज्य दूतावासले जानकारी दिएको छ । भारतबाट नेपालमा सामान आयात गर्ने रक्सौल, जोगबनी र नौतनवा मुख्य नाका हुन् ।

तराई–मधेसमा जारी आन्दोलनको कारण देखाउँदै उक्त नाकाबाट भारतले अहिले कुनै पनि सामान पठाएको छैन । जोगबनी र नौतनवा अर्थात भैरहवा नाकाबाट सामान्य आयात भए पनि रक्सौल अर्थात वीरगन्ज नाका ठप्प छ । रक्सौल सुक्खा बन्दरगाहमा मात्र अहिले २ हजार ५ सय कन्टेनर रोकिएका छन् ।

कोलकाता महावाणिज्य दूतावासका अनुसार अहिले जोगबनीमा ५ सय र नौतनवामा १ सय ५० कन्टेनर रोकिएका छन् । नाकाबन्दी कारण ८० हजार मेट्रिक टन रासायनिक मल, १ लाख ५० हजार मेट्रिक टन औद्योगिक सामग्री र ३० हजार मेट्रिक टन डन्डी तथा छड निर्माणमा आवश्यक कच्चा पदार्थ (आइरन ब्लेड) रोकिएको घिमिरेले जानकारी दिए ।

बन्दरगाहमा सामान÷कन्टेनर आएपछि बढीमा २१ दिनभित्र जाँचपास गरी सिपरलाई कन्टेनर फिर्ता गर्नुपर्छ । तर, अहिले २ महिनासम्म त्यहाँ सामान रोकिएका छन् । बन्दरगाहबाट सामान छुटाउन वा राफसाफ गर्नका लागि दुई सय ४४ एजेन्ट कम्पनी सूचीकृत भए पनि करिब ४० कम्पनीले त्यहाँ काम गर्दै आएका छन् ।

एजेन्ट कम्पनीले सामानमा उच्च बिलम्ब शुल्क लगाउँदा नेपाली व्यवसायीले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । व्यापार तथा पारवहन सन्धिअनुसार तेस्रो मुलुकबाट आएका कन्टेनर भारतीय सीमाबाट १५ दिनभित्र पास भइसक्नुपर्छ । नत्र व्यवसायीले आयात गरेको सामानको कुल मूल्यको १ प्रतिशत जरिवाना तिर्नुपर्छ । अहिले व्यवसायी भारतकै कारण नाकाहरूमा उक्त जरिवानासमेत तिर्न बाध्य छन् ।

नेपाली आयातकर्ता व्यवसायीले तिर्नुपर्ने विलम्ब शुल्क मिनाहा गर्ने विषयमा शुक्रबार कोलकाता महावाणिज्य दूतावासमा बैठक बसेर यसको निकास खोज्ने प्रयास गरिएको थियो । उक्त बैठकमा सिपिङ लाइनर्स, बन्दरगाह सञ्चालक, नेपाल उद्योग वाणिज्य महासंघ प्रतिििनधि, आयातकर्ता व्यवसायीका एक प्रतिनिधि र भन्सार जाँचपासका प्रतिनिधि सम्मिलित रहेको दूतावासले जानकारी दियो ।

महावाणिज्य दूतावासले नेपाली आयातकर्ता व्यवसायीलाई आफ्ना आयातकर्ता एजेन्ट र सिपिङ लाइनर्सलाई विलम्ब शुल्क नलिइदिन अनुरोध गर्न आग्रह गरेको छ । यो विषय उसले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत पत्र लेखी व्यवसायीले तिर्नुपरेको विलम्ब शुल्क मिनाहा गर्नेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ ।

कोलकाता बन्दरगाहबाट नेपालको सीमासम्म कन्टेनर बोकेका रेल बढीमा २० दिन र ट्रक १० दिनमा आइपुग्छन् । सीमा कन्टेनर आएपछि १५ दिनभित्र जाँच गरी भन्सार कटाउनुपर्छ, नत्र भन्सारमै जरिवाना तिर्नुपर्छ । भारतका विभिन्न भन्सारमा कन्टेनर बोकेका ट्रक रोकिएकाले रेल र ट्रकका लागि तोकिएको अवधि ३० दिनसम्म पु¥याइदिन समेत सिपिङ लाइनर्सलाई दूतावासले आग्रह गरेको छ ।

महावाणिज्य दूतावासका अनुसार अहिले कोलकनता बन्दरगाहबाट जाँचपास गरी नेपालतर्फ हिँड्न तयार रहेका कन्टेनरको संख्या १ हजार छ । यस्तै, त्यहाँबाट ३ सय ५० कन्टेनर बोकेर केही ट्रक हिँडिसकेका छन् भने जाँचपास हुन बाँकी ३ सय कन्टेनर छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस