काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाली गाडीलाई सहजरुपमा इन्धन दिने भारतीय अधिकारीहरुले आश्वासन दिएको बताएका छन्। 'भारतीय अधिकारीहरुले सीमा नाकासम्म सहजरुपमा आपूर्ति गरिदिने आश्वासन दिनुभएको छ,' तीन दिने भारत भ्रमण सकेर फर्किएका थापाले विमानस्थलमा सञ्चारकर्मीसँग भने, 'उहाँहरुले सहज भएका नाकाहरुबाट पनि इन्धन आपूर्ति नरोक्ने बताउनुभयो।'
थापाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नाकाबन्दीबारे कुराकानी गरेका थिए।
हिजो परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेट गरेका थिए। 'शान्ति, स्थायित्व र समाधान खोज्ने विषय'मा केन्द्रित रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्विट गर्दै जनाएका थिए परराष्ट्रमन्त्री थापाले हिजै साँझ भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए।