लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाइ अचानक स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरीएको छ। मन्त्री वलीलाइ गएरातिदेखि नै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याइएको र लुम्बिनी प्रादेसिक अस्पतालमा भर्ना गरीएको नेकपा माओवादी केन्द्र संसदिय दलका प्रमुख सचेतक बशन्त घर्तीमगरले जानकारी दिए।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.इन्द्र ढकालले पनि राज्यमन्त्री वलीलाइ वेहोस अवस्थामा अस्पताल ल्याइएको र उनको उपचार भइरहेको जानकारी दिए। मन्त्री वलीलाइ रक्तचाप र सुगरको मात्र बढी देखिएको उपचारमा संलग्न चिकित्सकलाइ उदृत गर्दै मेसु डा ढकालले बताए। उनको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए। परिक्षणका थप रिर्पोटहरु आउन बाँकी रहेको पनि अस्पतालले जनाएको छ।
मंगलबार बिहान दाङको तुलसीपुरमा एक जना महिला र बालिकालाइ उनकै घरभित्र पसेर अभद्र व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाइ नियन्त्रणमा लिएको थियो। राज्यमन्त्री वलीलाइ त्यसपछि रातl नै बुटवल ल्याइएको प्रहरीले जनाएको छ।
वलीले तुलसीपुरका एकराज बस्नेतको घर भित्रै पसेर बस्नेतकी श्रीमती र छोरी माथि हातपात गरेको आरोप लागेको हो। सोही आरोपमा राज्यमन्त्री वलीलाइ बस्नेतको घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। मेरो एकराज खै भन्दै राज्यमन्त्रीले आफुलाइ र छोरीलाइ हातपात गरेको आरोप एकराजकी श्रीमतीले लगाएकी छन्।
तर, राज्यमन्त्री वलीले भने एकराज बस्नेतले आफूसँग सापटी पैसा लगेकाले सो पैसा बारम्बार माग्दा पनि नदिई सम्पर्कविहीन बनेपछि पैसाको कारोबार मिलाउन एकराजको घर पुगेको बताएकी छन्। पैसा माग्न बस्नेतको घर गएका बेला योजनाबद्ध रुपमा आफूलाई फसाइएको भन्दै उनले सोही तनावका कारण स्वास्थ्यमा समस्या देखिएको बताएकी छन्।