काठमाडौं— भारतको नाकाबन्दीबाट तीन करोड नेपालीको दशैँ प्रभावित बनिरहेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली छिटै भारत भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणको अवसरमा सो प्रक्रिया अघि बढेको हो।
भारतीय राजदूत रणजीत रेले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै भारत भ्रमण गर्ने जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण मिति तय नभए पनि औपचारिक प्रस्ताव स्वीकृत भएको उनले बताए। 'भ्रमण मिति तय भइसकेको छैन', दूतावासमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा बोल्दै राजदूत रेले भने,'भारत भ्रमणको औपचारिक प्रस्ताव स्वीकृत भएको छ। पूर्ण तयारी सहित छिटै नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ।'
मन्त्रिपरिषद गठन भए लगत्तै परराष्ट्रमन्त्री कमल थापाले भारतको भ्रमण गरेका थिए। थापा तीनदिने भारत भ्रमणबाट फर्किए पनि भारतले नेपालमाथि लादेको नाकाबन्दी उस्तै छ। वीरगञ्ज नाका मधेसी मोर्चाका कारण अवरुद्ध भए पनि अन्य नाकाहरुबाट पनि भारतीय पक्षले पेट्रोलियम, औषधिजन्य सामग्रीको आपूर्ति सहज भइरहेको छैन।
संविधान निर्माण प्रक्रियो रोकेर आफ्ना ७ वटा माग पूरा गर्न भारतले दवाब दिएको थियो। अंगिकृत नागरिकता हुनेले नेपालको राष्ट्रपति, प्रधानमन्त्री पद पाउनु पर्ने तथा तराइबाट राष्ट्रिय संसदमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने लगायतका माग पूरा नभएपछि भारतले नेपालमाथि नाकाबन्दी लादेको हो।
राजदूत रेले 'राजनीतिक समस्या' भन्दै प्रेस ब्रिफिङमा ७ बुँदे मागको स्पष्ट संकेत गरे। 'तराईको समस्या के हो त्यो मलाई राम्रोसँग थाहा छ। त्यो संविधानसँग सम्बन्धित छ।' सो सम्बोधन नगरिए त्यसको असरबारे सोचिनुपर्ने उनको भनाइ थियो। 'तराई समस्याको समाधान भएन भने आउने दिनमा के हुन्छ? कि भन्नुपर्याे त्यहाँ आन्दोलन नै छैन। छिटो समस्याको समाधान निस्किँदैन भने त्यसको असर के हुन्छ त्यो असरलाई हेर्नुपर्याे', भारतीय राजदूत रेले भने।
समस्या लम्बिँदा नेपाल र भारत दुवै मुलुकलाई नोक्सान हुने उनको भनाइ थियो।

तराईको समस्या मैले बुझेको छुः राजदूत रे