नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेसले बिचलनको राजनीतिक गरीरहेको आरोप लगाएका छन्। उनले काँग्रेसले सत्ता स्वार्थकालागि गठबन्धनका नाममा बिचलनको राजनीति गरीरहेको आरोप लगाएका हुन्। प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले काँग्रेस देशकै पुरानो पार्टी भएपनि उसले विकास र समृद्धिका मुद्दालाई पन्छाएर सत्ता स्वार्थका लागि गठबन्धनको राजनीतिमा रमाएको आरोप लगाए।
‘गठबन्धन विचलनको राजनीति हो। यसले केही व्यक्ति वा पार्टीलाइ छोटो समयकालागि सत्तामा टिकाइ राख्ला तर मुलुकको विकास र समृद्धि सम्भव छैन। तैपनि देशकै पुरानो पार्टी नेपाली काँग्रेस त्यही गठबन्धनको राजनीतिमा रमाइरहेको छ’ एमाले महासचिव पोख्रेलले भने। देशको समग्र हित र विकासका लागि नीतिगत राजनीति आवश्यक भएको भन्दै उनले त्यो एमालेले मात्रै गर्न सक्ने दाबी गरे। ‘जनताको हित र मुलुकको विकासकालागि नीतिगत राजनीति जरुरी हुन्छ जुन एमालेले मात्रै गरीरहेको छ’ पोखरेलले भने। काँग्रेसले नीतिगत राजनीति नै गर्न छोडेको उनको भनाइ थियो।
गठबन्धन सरकारकै कारण मुलुक ठुलो आर्थिक संकटमा फसीरहेको दाबी गर्दै उनले सरकारअझैपनि कुर्सी जोगाउनमै व्यस्त रहेको आरोप लगाए। मुलुक अहिले इतिहासकै सबैभन्दा ठुलो आर्थिक संकटको अवस्थामा छ।असाधारण खर्च बढीरहेको छ। एमालेको पालामा ३.७ प्रतिशत रहेको मुल्यबृद्धि अहिले ७.६ प्रतिशत भन्दा माथि पुग्यो तर सरकारको ध्यान कुर्सी जोगाउनमा मात्रै छ,’ पोखरेलले भने।
उनले मुलुकको विकास र समृद्धिकालागि बलियो शक्तिको आवश्यकता रहेको भन्दै गठबन्धनको राजनीतिले नीतिगत अस्थिरता र बैदेशिक चलखेललाइ आमन्त्रण गर्ने पनि बताए। गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एसप्रति लक्षित गर्दै एमाले महासचिव पोखरेले दक्षिणपन्थी यात्रामा रहेकाहरुसंग यही अवस्थामा सहकार्य हुन नसक्ने बताए। ‘काँग्रेससंग मिलेकाहरु अहिले बामपन्थी बाटोमा छैनन।दक्षिणपन्थी बाटोमा रहेकाहरु संग यही अवस्थामा सहकार्य हुन सक्दैन’ पोखरेलले भने। एमालेलाइ सिद्धयाउने उद्येस्यले गठबन्धन गर्दापनि स्थानीय तहको निर्वाचनमा जनमत राम्रो आएको उल्लेख गर्दै उनले आगामी चुनावमा एक्लै लडेर पहिलो पार्टी बन्ने क्षमता एमालेमा रहेको दाबी गरे।
यदि अब प्रधानमन्त्रीमा पालो आए एमालेबाट ओलीको विकल्प को? भन्ने पत्रकारको प्रश्नमा महासचिव पोखरेलले कम्तीमा अवको पाँच बर्षसम्म अध्यक्ष ओलीको विकल्प नभएको र त्यसबारेमा सोच्नै नसकीने घुमाउरो जवाफ दिए।
एसपीपि सम्झौताको प्रसंगमा उनले पञ्चशिलको परराष्ट्रनीति विपरित गरिने कुनैपनि संझौता एमालेलाई मान्य नहुँने दोहोरयाए। असंलग्नताको नीति विपरित कुनै सैन्य संगठनको अंग बन्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने उनको भनाइ थियो। प्रधानमन्त्री शेरबहादुर देउवा रक्षामन्त्रीको हैसियतमा अमेरिका जान लागेको सुचना आएको भन्दै उनले यदी त्यसो भए समग्र मुलुकको अपमान हुने धारणा राखे।