झापा— प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई लोडसेडिङमुक्त बनाउने घोषणा गरेका छन्। नागरिक अभिनन्दनका लागि गृह जिल्ला झापा आएका उनले एक वर्षपछि मुलुक लोडसेडिङमुक्त हुने पार्ने अाश्वासन दिए। उनकाे भनाइ थियाे- त्यसपछि जनताले ग्यासको लाइनमा बस्नुपर्ने छैन।भारतको नाकाबन्दीका कारण ग्यास हाहाकार भइरहेका बेला प्रधानमन्त्री ओलीले भने, 'एक वर्षपछि देशलाई लोडसेडिङमुक्त बनाउनेछु। त्यसपछि नेपालीले ग्यासको लाइनमा बस्नुपर्ने पर्नेछैन। बिजुलीको प्लग जोड्दा भात पाक्छ।'
प्रधानमन्त्रीले दुई वर्षभित्र मुलुकलाई भ्रष्ट्राचारमुक्त बनाई सबैको आ आफ्नो घरको सुनिश्चित गर्न आफूले काम गरिरहेको बताए। 'मेरा छोराछोरी छैनन्, मैले केही कमाउनु पर्नेछैन। भ्रष्टाचार गर्नुछैन त्यस कारण झापाली नागरिकले गरेको यो विश्वास म खेर जान दिन्न', उनले भने।
देशमा अमनचयन, सुशासन र शान्ति कायम गरी सम्वृद्ध नेपाल निर्माण गर्न सबैले अग्रसरता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीले कृषिलाई आधुनिकीकरण र व्यवसायिक बनाउने उद्घोष पनि गरे।
एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई समातेर भए पनि सरकारमा ल्याउने दाबी गरे। 'सहमतिमा सबैलाई ल्याउने पहल भइरहेको छ। ११ गतेभित्र चित्रबहादुर केसी पनि सरकारमा सामेल हुँदैहुनुहुन्छ। कांग्रेसलाई समातेर भए पनि सरकारमा ल्याउँछौं', उनले भने। सबै दलहरु मिलेर देश बनाउने विषयमा लाग्नु पर्ने उल्लेख गर्दै ओलीले सहमतिबाट सबै कुरा मिल्दै जाने विश्वास व्यक्त गरे।
आन्दोलनकारीलाई लक्ष्यित गर्दै उनले सानोतिनो कुरामा असहमत भएर मुलुक निर्माण गर्ने बाटोबाट कोही पनि अलग हुनु नहुने धारणा राखे। 'समय छ सबै दलहरुलाई सहमतिमा आउन म झापाबाट आह्वान गर्दछु', उनले भने।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भर्खरै जारी भएको नेपालको संविधानले मुलुकमा दिगो शान्ति, सम्बृद्धि ल्याउने विश्वास व्यक्त गरे। उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई गुण र दोषको आधारमा सहयोग गर्ने बताए।
नेकपा मालेका महासचिव सिपी मैनालीले मधेश आन्दोलनले देश र जनताको स्वाधीनतामा आँच पुर्याएको र जनजीविकालाई कष्टकर गराएकाले तत्काल वार्तामा आउन मधेशी मोर्चालाई आग्रह गरे।
कार्यक्रममा एमाले जिल्ला कार्यसमिति र जिल्लाका विभिन्न सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिएको हो। कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेल, एमाले महासचिव पोखरेल, काँग्रेस महामन्त्री सिटौला र माले महासचिव मैनालीलाई पनि अभिनन्दन गरिएको थियो।
छोराछोरी छैनन्, भ्रष्ट्राचार गर्नुछैन

कांग्रेसलाई समातेर भए पनि ल्याउँछौं

माेर्चाकाे अान्दाेलनले देशकाे स्वाधिनतामा अाँच पुर्यायाे