जनताको दुःख, सुखको साथी भएर काम गर्न जनप्रतिनिधिलाई उपसभापति खड्काको निर्देशन
०२ असार २०७९
•
३ मिनेट पाठ
जनताको दुःख, सुखको साथी भएर काम गर्न जनप्रतिनिधिलाई उपसभापति खड्काको निर्देशन
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको दुःख सुखको साथी भएर जनताको सेवामा लाग्न निर्देशन दिएका छन्। उपसभापति खड्काले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने बताए।




नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. १ ले गुर्भाकोटको मेहलकुनामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै उपसभापति खड्काले आफूहरुलाई जिताउने पार्टीका कार्यकर्ता र मतदाताको चित्त दुखाउने काम नगर्न आग्रह पनि गरे।

‘कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई राम्रो बोलीबचन दिनुहोस्, सेवाग्राही कार्यकक्षमा आउँदा कुर्सीबाट उठेर दुबै हात जोडेर नमस्कार गर्नुहोस्,’ स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समिति संयोजकसमेत रहेका खड्काले भने, ‘जनताको शासक होइन्, सेवक भएर काम गर्नुहोला।’ उपसभापति खड्काले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको काँधमा नवीन जिम्मेवारी र उद्देश्य थपिएको बताउँदै सोही अनुसार कार्य गर्न पनि आग्रह गरे।

‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरे, पार्टीप्रति जनताको विश्वास बढ्छ, स्थानीय सरकारप्रतिको भरोसा बढ्छ,’ उपसभापति खड्काले भने, ‘आफूलाई निर्वाचित गराएका जनताले पछुताउनुपर्ने अवस्था आउन नदिनेतर्फ सधैं सचेत हुनुहोस्।’ उपसभापति खड्काले निर्वाचनका बेला परिना बगाएर जिताउने पार्टी कार्यकर्ता र मतदातालाई बिसर्नु अपराध हुने भन्दै वडा र कार्यपालिका बैठकमा निर्णय गर्नुअघि पार्टीको स्थानीय नेतृत्वसँग सरसल्लाह गर्न सुझाव पनि दिए।

‘तपाईँहरु कांग्रेसको चुनाव चिन्ह लिएर चुनाव लड्नु भएको हो, कार्यकर्ताले परिना बगाएर तपाईँहरुलाई विजयी बनाएका हुन्,’ उनले भने, ‘निर्वाचित भइसकेपछि जिताउनेहरुलाई बिर्सनु अपराध हुन्छ, वडा तह र कार्यपालिकाको बैठकअघि पार्टीसँग सल्लाह गरेर मात्रै निर्णय गर्नुहोस्, गरेका निर्णयहरुलाई पार्टी नेतृत्वलाई जानकारी गराउनुहोस्।’  

उनले निर्वाचित जनप्रतिनिधि र पार्टीबीच फरकपन देखिएको बताउँदै पार्टी केन्द्रले निर्वाचित जनप्रनिधिहरुका लागि आचारसंहिता जारी गर्न लागेको बताए। ‘निर्वाचित जनप्रतिनिधिहरु एकातिर र पार्टी अर्कोतिर हुने विगतमा देखिएको छ,’ उनले भने, ‘जनप्रतिनिधिहरुलाई पार्टीप्रति जवाफदेही बनाउनका लागि आचारसंहिता जारी गर्दैछौं।’

उपसभापति खड्काले निर्वाचनमा पराजीतहरुलाई अझ सक्रिय भएर पार्टी र जनताको काममा लाग्न निर्देशन दिए। ‘हारेका साथीहरुले सोही गाउँको छाया सरकारका रुपमा पाँच वर्ष क्रियाशिल हुनुहोस्, जितेकाहरु भन्दा अझ धेरै जनताप्रति जवाफदेही हुनुहोस्, जनताको दुःख खुशमा साथ दिनुहोस्,’ उनले भने, ‘पाँच वर्ष जनताको मन जित्नुहोस्, अर्को पटक जनताले मत दिनुहुनेछ।’  

उपसभापति खड्काले आगामी प्रदेश तथा संघीय चुनावको तयारीमा जुट्न पनि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले व्यक्ति भन्दा पनि पार्टीलाई केन्द्रमा राखेर चुनावी अभियानमा जुट्न आग्रह गरे।

कार्यक्रममा कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जनताको नजिकको सरकार स्थानीय तह भएकाले सोही अनुसार निर्वाचित जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताए। ‘स्थानीय सरकार जनताको सुख, दुःखको साथी हो,’ उनले भने, ‘जनताका हरेक समस्यालाई सम्बोधान गर्नेतर्फ निर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिनुहोला।’
अर्को समाचार
जनताको सुख–दुःखको साथी बन्न जनप्रतिनिधिलाई उपसभापति खड्काको निर्देशन
०६ कार्तिक २०८१
•
३ मिनेट पाठ
जनताको सुख–दुःखको साथी बन्न जनप्रतिनिधिलाई उपसभापति खड्काको निर्देशन
<br>
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनताको घरदैलोमा पुगेर सुख–दुःखको साथी बन्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्।




उनले घरदैलोमा जाँदा जनताका पिरमर्का र सुख–दुःख थाहा हुने बताउँदै सोही अनुसार समाधानको उपायको खोजी गर्न पनि निर्देशन दिए।

‘तपाईंहरु राजधानीमा बस्ने बानी हटाउनुहोस्,’ नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई वीरेन्द्रनगरमा सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘प्रदेशसभा र समितिका बैठकहरुबाहेकको समय आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा गएर जनताका पीरमर्का बुझ्नुहोस् र सोही अनुसार समाधानमा लाग्नुहोस्।’

उपसभापति खड्काले पार्टीबाट मन्त्री बनेका, सांसद् र नेताहरुलाई जिल्लामा जाँदा सम्बन्धित जिल्लाका सभापति र पदाधिकारीहरुसँग समन्वय गर्न पनि निर्देशन दिए।

‘मन्त्री मन्त्रालयकै काममा जाँदा पनि सम्बन्धित जिल्लाका सभापति र पदाधिकारीलाई जानकारी गराउनैपर्छ, सांसद् र माथिल्लो तहका नेताहरुले पनि यसलाई कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘अहिले आफ्नै जिल्लामा आउने मन्त्री, सांसद र नेताहरुका बारेमा पनि सम्बन्धीत जिल्लाका सभापति र पदाधिकारीहरुले जानकारी नपाउने अवस्था छ, त्यसको अन्त्य कर्णालीबाट गर्नुहोस्।’

उपसभापति खड्काले नयाँ सदस्यता वितरण र नवीकरणका लागि दुई वर्षअघिनै केन्द्रले परिपत्र जारी गरेपनि केही जिल्लामा बाहेक अधिकांशमा त्यो कार्यान्वयनमा नआएको बताए।

‘अहिले नयाँ सदस्यता लिनका लागि निश्चित समय तोकिएको छैन्, दिनदिनै वितरण गर्न सकिने व्यवस्था मिलाइएको छ,’ उपसभापति खड्काले भने, ‘सदस्यता वितरणलाई तिव्रताका साथ अघि बढाउनुहोस्।’

उपसभापति खड्काले पार्टीका भातृ संस्था, शुभेच्छुक संस्था र विभागहरु गठन गर्दा सम्बन्धित जिल्ला सभापति र प्रदेश कार्यसमितिको सिफारिस अनिवार्य गरिएकाले विगतमा राजधानीमा बसेर नेता बन्ने अवस्था अहिले कांग्रेस पार्टीमा नरहेको जनाए।

‘पहिले–पहिले भ्रातृ संस्था, शुभेच्छुक संस्था र विभागहरुमा को–को मनोनित भए भन्ने कुरा समाचारमा र सामाजिक सञ्जाल हेरेपछि मात्रै थाहा हुने अवस्था थियो,’ उनले भने, ‘अहिले त्यो अवस्थाको अन्त्य भएको छ, जिल्ला र प्रदेश कार्यसमितिको सिफारिस र जानकारीविना अहिले कोही पनि सदस्य मनोनित हुन सक्ने अवस्था छैन्, अब राजधानीमा बसेर नेता बन्ने अवस्था कांग्रेसमा छैन्।’

उपसभापति खड्काले चैत मसान्तभित्र पार्टीका भातृ संस्थाको नेतृत्व चयन भइसक्ने बताए। ‘भातृ संस्थाहरुको निर्वाचन गराउनकै लागि निर्देशक समिति बनाइएका छन्,’ उनले भने, ‘चैतभित्रमा सबै भातृ संस्थाहरुले नयाँ नेतृत्व पाउँछन्।’

पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले संघीय सरकार र प्रदेश सरकारमा पार्टीकातर्फबाट मन्त्री बनेकाहरुलाई जनताको मन छुने गरेर काम गर्न निर्देशन दिए।

‘जनताका आवश्यकतालाई सम्बोधन गर्ने गरेर काम गर्नुहोस्, मन्त्री आफ्नो निर्वाचन क्षेत्र र आफ्नो जिल्लामा मात्रै सीमित हुनु हुँदैन्,’ उनले भने, ‘यसअघि सरकारमा रहेका पार्टीका सांसदहरुले गरेका राम्रा कामहरुको अनुसरण गर्दै जनतासँग प्रत्यक्ष जोडिने गरेर काम गर्न सक्नुभयो भने मात्रै तपाईंहरु सरकारमा रहेको अर्थ रहन्छ।’

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरु, संघीय सांसद, प्रदेश सांसद, १० वटै जिल्लाका सभापति र प्रदेश कार्यसमितिका पदाधिकारीहरुसहित भएको विशेष अन्तरक्रिया तथा प्रबोधन कार्यक्रमलाई अब जिल्ला हुँदै वडा तहसम्म पुर्‍याउन निर्देशन दिए।

‘पहिलो पटक यस्तोखाले कार्यक्रमको सुरुवात कर्णालीबाट भएको छ, यो निकै प्रभावकारी छ,’ उनले भने, ‘यसलाई अव जिल्ला हुँदै वडातहसम्म पुर्‍याउने गरेर कार्ययोजना बनाउनुहोस्।’

उपसभापति खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले प्रदेश कार्यसमितिलाई थप अधिकार प्रत्यायोजन गरेको बताउँदै सोही अनुसार प्रदेशले छुट्टै कार्यक्रमहरु तय गरेर आम जनता र मतदाताको बीचमा जान पनि निर्देशन दिए।

कार्यक्रममा संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, कर्णाली प्रदेशबाट प्रतिनिधिधत्व गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश मन्त्रीहरु र जिल्ला सभापतिहरुले आ–आफ्नो भूमिका र गरिरहेका कामका बारेमा जानकारी गराएका थिए।

उनीहरुले स्थानीय तहमा निर्वाचित भइसकेपछि जनप्रतिनिधिहरुले पार्टीलाई भूल्ने गरेको गुनासो सुनाएका थिए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस