भावी पुस्ताले बाँच्न पाउने अधिकारलाई ख्याल गरेर चुरेको संरक्षण गर्न राष्ट्रपतिको आग्रह
०२ असार २०७९
•
३ मिनेट पाठ
भावी पुस्ताले बाँच्न पाउने अधिकारलाई ख्याल गरेर चुरेको संरक्षण गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले जनप्रतिनिधिहरुलाई भावी पुस्ताको लागि बाँच्न पाउने अधिकारलाई ख्याल गरेर चुरेको संरक्षणमा लाग्न आग्रह गरेकी छन्। भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको चर्चा गर्दै चुरे क्षेत्रमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई भावी पुस्ताको लागि बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित विकास गर्न आवश्यक रहेको बताइन्।  




राष्ट्रपति भण्डारीले बातावरणिय अध्ययन बिना प्राकृतिक स्रोतको उत्खनन नगर्न आग्रह समेत गरिन्। बिहीबार सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं.१ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्त रुपमा आयोजना गरेको आठौ चुरे दिवसको अवसरमा एक दिनमा एक लाख वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नेपाल सरकारको चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्ने पबित्र उदेश्यसहितको राष्ट्रिय गौरबकै कार्यक्रम भएको बताइन्। 

चुरे क्षेत्र भौगोलिक हिसाबले कमजोर र नरम भएपनि जैबिक र सांस्कृतिक क्षेत्रमा धनि रहेको उनले चर्चा गरिन्। चुरेमा बाघ, भालु, गैडा, हात्ति जस्ता विभिन्न जातीका बन्यजन्तु, जडिबुटी जन्य बनस्पतिको खानी र तराई मधेस क्षेत्रमा सिंचाईका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत समेत चुरेमै रहेको भन्दै यसको संरक्षण गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले यसको समयमा उचित संरक्षण गर्न नसके तराई र भित्री मधेशकै भविष्य खतरामा पर्ने बताइन्।  

चुरे क्षेत्रमा जनसंख्या बृद्धि, बसाई सराई, भौतिक पुर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढी रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस प्रकारको बृहत्तर बृक्षा रोपण कार्यक्रमले वन क्षेत्रको बृद्धि, जैविक विधिताको संरक्षण, कार्बन संचिति, भूसंरक्षण तथा पानीको स्रोतको बृद्धि गर्न तथा स्थानीय समुदायको जीविको पार्जनको अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा राष्ट्रपति भण्डारीले बिशाल सामुदायिक वनमा बर र पिपलको बिरुवा रोपेर बृक्षा रोपणको शुभारम्भ गरेकी थिन। 

बिशाल उपभोक्त वन समूहमा १० हेक्टर जमिनमा मुख्यमन्त्री पाण्डे, वन तथा वातावरण मन्त्री यादव, बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथी सरोज प्रताप राणा लगायतले बर, पिपल, आँप, कटहर लगायत १६ हजार बिरुवा रोपेका छन्।

कार्यक्रममा वन तथा बाताबरण मन्त्री रामसाय प्रसाद यादबले चुरे संरक्षण गर्न आउने दिनमा वृक्षरोपण कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने बताए। उनले आउने वर्षसम्म मन्त्रालयको तीन करोड वृक्षारोपण गर्ने योजना रहेको सुनाउदै देशभरि नै यतिधेरै वृक्षारोपण एकै दिन शुभारम्भ भएको ईतिहासमा नै पहिलो पटक भएको स्पष्ट पारे।  

चुरे  एक कान्छो पर्वत हो। बालुवा, गिट्टी, माटो, ढुंगा र पत्रे चट्टान छिट्टै क्षयिकरण हुने कमलो भौगर्भिक बनावट हो। नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरूमा झण्डै ८ सय किलोमिटर क्षेत्रमा फैलिएको र कुल भू–भागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ। जुन निकै सम्वेदनशील छ। 

चुरे श्रृंखलाभित्र नदीले बनाएका केही खोंचहरु जस्तै सिन्धुलीको मरिण र कमला खोच, डडेलधुराको रङगुन उपत्यकाका साथै भित्री मधेसको दाङ, देउखुरी, सुर्खेत, चितवनको उपत्यकासमेत पर्दछन। करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो। 

सोही कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले चुरे विनासका अरबौ रुपैयाँ लगाएर बनाएका सडक र पुलमा जोखिममा परेको बताए। चुरे विनासलाई रोक्न नसक्ने हो भने मधेस प्रदेशकै भविष्य खतरामा पर्ने भएकाले डोजर लगाएर सडक बनाउनेलाई मात्र विकास ठान्न नहुने बताए। पाण्डेले तीनै तहको सरकारको संयुक्त प्रयासबाट मात्रै चुरे संरक्षण हुने धारणा राखे।  

पछिल्लो समय चुरेको वन विनाश, ढुंगा गिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्र जोखिम परेको छ। चुरे श्रृंखला अन्तरगत १ सय ६४ वटा नदी रहेका छन। हाम्रो देशका प्राय: सबैजसो नदीहरू यही क्षेत्र भई तराईतर्फ बग्ने हुँदा चुरे पहाडको श्रृङ्खला प्राकृतिक रूपले अत्यन्त संवेदनशील रहेको छ।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
११ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस