काठमाडाैं- सम्भावित राष्ट्रपतिको चर्चामा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको नाम अगाडि अाएको छ। नयाँ संविधानको कार्यान्वयन र राष्ट्रपतिका रूपमा सन्तुलित कार्यसम्पादन गर्न रेग्मी उपयुक्त व्यक्ति हुनसक्ने भन्दै उनलाई राष्ट्रपति बनाउनुपर्ने मत बलियो हुँदै गएको छ। संविधान सभा निर्वाचन गरेर एेतिहासिक कार्यभार पूरा गरेको जस पाएका रेग्मीले कम विवादास्पद, गैर राजनीतिक र परिपक्व छबि बनाएका छन्।
देशमा संविधान जारी हुनुमा रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक गराएको संविधान सभा निर्वाचनलाई बिर्सन नहुने कतिपयको तर्क छ। प्रधान न्यायाधीशको पदावधी चार महिना बाँकी रहँदै पदबाट राजीनामा दिएर रेग्मीले तात्कालीन विवाद समाधान गरेर देशलाई निकास दिन भूमिका खेलेका थिए।
रेग्मीले दलहरूबाट साझा प्रस्ताव अाए अाफू राष्ट्रपतिका रूपमा कार्यभार लिन तयार रहेको जनाउ दिएका छन्। कतिपय नेताहरूलाई उनले राष्ट्रपति हुने चाहना व्यक्त गरेका बताइन्छ। नेपाली कांग्रेस केन्द्रीय समितिको शनिबारको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाले रेग्मीले राष्ट्रपति बन्ने चाहना देखाएको भन्दै कांग्रेसको तर्फबाट रेग्मीलाई अघि सार्न सकिने बताएका थिए।
राष्ट्रपति गैरराजनीतिक पृष्ठभूमिको हुँदा शक्ति सन्तुलनमा समस्या नरहने भन्दै एमालेभित्र पनि रेग्मीलाई राष्ट्रपति बनाउन सकिने अनाैपचारिक बहस चलेको एक केन्द्रीय नेताले बताए। एमाअोवादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष रेग्मीलाई राष्ट्रपति बनाउन पहल गरिदिन अाग्रह गरिएको श्रोतको दाबी छ। ‘रेग्मीका शुभेच्छुकले राष्ट्रपति बनाउन पहल गरिदिन अाग्रह गरेका थिए,’ दाहाल निकट स्रोतले भन्यो ‘दलहरूबीचमा हानथाप चलेको बेला गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने सम्भावनालाई नकार्न सकिँदैन, त्यस्तो अवस्थामा रेग्मीको नाम पहिलो विकल्पमा अाउनेछ।’
दुई साता पहिले भारत भ्रमणमा गएका रेग्मीले विभिन्न संयन्त्रमार्फत् राष्ट्रपति बन्ने अाफ्नो चाहना खुलाएका र सकारात्मक संकेत पाएका बताइन्छ।
‘नयाँ संविधान प्रारम्भ भएको अवस्थामा संविधानको कार्यान्वयन अहिलेको चुनाैती हो,’ रेग्मी निकट स्रोतले भन्यो ‘उहाँ (रेग्मी)ले संविधानको मर्म र भावना बुझेको र प्राप्त अनुभवका अाधारमा जिम्मेवारी पूरा गर्न सक्ने इच्छाशक्ति देखाउनुभएको छ।’ दलहरूबीच नयाँ राष्ट्रपतिका लागि सहमति जुट्न नसकेको बेला कुनै दलमा सम्बद्ध नदेखिएका रेग्मीलाई साझा उम्मेदवार बनाउन सकिनेबारे चर्चा बढेको हो।
संसद सचिवालयले सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति छान्नका लागि अाइतबार ४ः ३० बजेसम्मको समय तोकेको छ। सहमति हुन नसके कात्तिक ११ गते दुबै पदका लागि निर्वाचन हुनेछ। यसैबीच प्रधानमन्त्री केपी शर्मा अोलीले सहमतिमा राष्ट्रपति उम्मेदवार छान्न अाइतबार दिउसो २ बजे व्यवस्थापिका संसद भवनमा सर्वदलीय बैठक डाकेका छन्। सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी छान्न बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए।
राजनीतिक सहमति नभए कात्तिक १० गते राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेद्वारी प्रस्ताव दर्ता गर्ने, त्यसपछि नामावली प्रकाशन गर्ने, नामावलीमा दाबी विरोध गर्ने, उम्मेद्वारी फिर्ता लिने र कात्तिक १० गते अपराह्न ३ः०० बजे नै अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयको सूचनामा उल्लेख छ।