नयाँ दिल्ली- अफगानिस्तानको उत्तरपश्चिम क्षेत्र केन्द्र भएर अाएको भूकम्पले पाकिस्तान, भारतमा समेत ठूलो छट्का अनुभव गरिएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार अफगानिस्तानको हिन्दुकुश हिमालय क्षेत्र केन्द्र भएको भूकम्प ७.७ रेक्टरस्केल मापन गरिएको छ।
भूकम्पको झड्का भारतको राजधानी दिल्लीमा स्पष्टसँग अनुभव गरिएको छ। भारतको नयाँ दिल्लीमा करिब एक मिनेट झट्का महसुस गरिएको थियो। भूकम्पको झट्का महसुस भएसँगै मानिसहरु सडकमा निस्किएका छन्। अफगानिस्तानसँग सिमाना जोडिएको उत्तरी पाकिस्तान क्षेत्रमा घरहरु भत्किएको र ४ जनाको मृत्यु भएको अन्तरार्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
भूकम्पछि नयाँ दिल्लीको मेट्रो रेल ठप्प भएको छ। दिल्लीसँगै राजस्थान, पश्चिम बंगाल, श्रीनगरमा समेत भूकम्पको झट्का महसुस गरिएको थियो।