पर्वत— समाजमा हुने भ्रष्टाचारलाई समयमै अख्तियारलाई खबर गर्न प्रोत्साहित गर्ने उद्देश्यले अख्तियार पर्वतका गाउँगाउँ पुग्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले यहाँका विभिन्न गाउँमा पुगेर नागरिकलाई सचेत गराउन थालेको हो।पछिल्लो समयमा भ्रष्टाचारसम्बन्धी घटना बढ्दै गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकको भूमिका खोज्दै गाउँगाउँमा सामुदायिक शिक्षा तथा अन्तरक्रिया अभियान सञ्चालन गरेको हो । अख्तियारले पर्वतको खुर्कोटमा सामुदायिक शिक्षा कार्यक्रम गरी समाजमा हुने हरेक भ्रष्टाचारलाई लुकाउने काम नगर्न आग्रह गरेको छ ।
'भ्रष्टाचार निर्मूल पार्न नागरिकको महत्वपूर्ण भूमिका हुन्छ,' अख्तियार पोखराका उपसचिव विष्णुप्रसाद रेग्मीले भने, 'समाजमा हुने भ्रष्टाचार लुकाउनेभन्दा अख्तियारलाई सूचना दिने गर्नुस् ।' नागरिकले साथ दिए मात्रै अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्ने उनले बताए ।
'सूचनै नदिने हो भने अख्तियारले चाहेर पनि समाजमा हुने भ्रष्टाचार रोक्न सक्दैन,' रेग्मीले भने । भ्रष्टाचार नियन्त्रणका लागि नागरिककै महŒवपूर्ण भूमिका हुने भएकाले अख्तियारले पहिलो पटक गाउँगाउँमा नागरिकलाई जागरुक बनाउन सुरु गरेको उनले जानकारी दिए । पश्चिमाञ्चलमा सबैभन्दा बढी उजुरी शैक्षिक क्षेत्रमा रहेको उनले बताए ।
सचेतना अभियानमा अख्तियारले उजुरी दिने प्रक्रियासहित भ्रष्टाचार नियन्त्रणका बारेमा जानकारी गराएको थियो । अख्तियारले निरन्तर रुपमा विभिन्न गाउँमा पुगेर हरेक नागरिकलाई अख्तियारमा उजुरी दिने प्रक्रिया लगायतका विषयमा सचेतना गराउने जनाएको छ ।