काठमाडाैं-संघीय मधेसी मोर्चाले सरकारसमक्ष ११ बुँदे माग पेस गरेको छ। साथै मोर्चाले संविधानमा १ सय २ ठाउँमा संसोधन गर्नुपर्ने अडान राखेको छ। मोर्चाको वार्ता टोली र सरकारी वार्ता टोलीबीच मंगलबार परराष्ट्र मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सदस्यहरूले बताएका छन्।
मोर्चा तर्फका मागहरूमा अान्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाइ सहिद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, घटनाको न्यायिक छानविन गर्नुपर्ने, मृतकका परिवार सदस्यलाइ योग्यता अनुसारको सरकारी जागिरको व्यवस्था गर्नुपर्नेलगायतका माग सरकारलाइ बुझाएका छन्।
वार्तामा सरकारी टोली तर्फ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, विनाविभागीय मन्त्री रामजनम चाैधरी, सामान्य प्रशासन मन्त्री रेखा शर्मा सहभागी थिए। मोर्चाका तर्फबाट टोली संयोजक अनिल झा, काैशलेन्द्र मिश्र, नन्दन यादव, धर्मेन्द्र यादव, गंगा महरा र काैशल कुमार सिंह सहभागी थिए। मोर्चाले बुधबार हुने राष्ट्रपति चुनावमा भाग लिने वा नलिने भन्ने निर्णय भैनसकेको मोर्चाका संयोजक अनिल झाले बताए। उनले वार्ता र अान्दोलन जारी राख्ने बताए।