नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले नेपालीकाँग्रेसकी सचेतक पुष्पा भुसाललाई तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका छन्।
शुक्रबर अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले काँग्रेस सचेतक भुसालले लगाएको आरोपप्रति खण्डन गर्दै तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका हुन्। उनले आफ्नो पालोमा प्रधान्यायाधीश सहितका मन्त्रालयगत पदाधिकारीहरुको कार्यदन गठन गरेर नेपाललाई सैन्य सम्झौता सम्बन्धी मुद्दा स्वीकार्य नहुने स्पष्ट पारेको भन्दै ओठे जवाफको कुनै अर्थ नरहेको बतए।
समितिमै काँग्रेस सचेतक भुसालले चिठी पूर्व रक्षामन्त्री ईश्वर पोखरेलकै पालमा पठाइएको आरोप लगाएका थिए। वरिष्ठ उपाध्यक्षपोखरेलले यो विषय धेरै गम्भीर विषयभएको भन्दै सकियो भनेर टार्न नमिल्ने बताए। यसबारेमा छुट्टै छानबिन समितिबनाउनपनि समितिको ध्यानाकर्षण गरे।
वरिष्ठ उपाध्यक्ष पोखरेलले अमेरिकालाई सेनाले पठाएको पत्रमा हातले मिति लेखेको भन्दै आपत्ति जनाए। सबै अक्षर प्रिन्टेड भए पनि मिति हातले लेखेकोले आशंका उब्जाएको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रश्नको जवाफमा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनामा हस्ताक्षर कर्ता त्यही दिन उपस्थित हुने/नहुने कुरा स्पष्ट नहुने भएकोले नबिग्रियोस् भन्ने हेतुले मिति पछि लेख्ने गरेको पनि स्पष्ट पारेका थिए।