काठमाडाैं-सरकारमा साझेदार दलहरू सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। एमाअोवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको समितिको बैठकले मधेसी मर्चासँग अाजै दिउसो हुने वार्ताको तयारी, इन्धन अापूर्तिका लागि भएका प्रयास, समसामयिक राजनीतिक विषय र नयाँ राष्ट्रपति निर्वाचित पछिको अवस्थाका बारेमा छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमेद दाहालले बताए।
बैठकमा प्रधानमन्त्रीसहित एमालेका शीर्ष नेताहरू, एमाअोवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकलगायत सरकार समर्थक र सत्ता साझेदार दलका नेता सहभागी छन्।
दाहाल नेतृत्वको समितिमा एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा मालेका महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा संयुक्तका अध्यक्ष गणेश साहलगायत छन्।