काठमाणडाैं-परराष्ट्रमन्त्री कमल थापाले राहदानी प्राप्त गर्ने क्रममा सेवाग्राहीले दुःख पाएको गुनासो अाएको भन्दै त्यसलाई सहज बनाउन निर्देशन दिएका छन्।उनले अावेदन र वितरण प्रणालीमा अावश्यक सुधार गर्न परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी बिभागका अधिकारीहरूलाई निर्देशन दिएका हुन्। बिहीबार बिहान राहदानी बिभागको निरीक्षण र अनुगमन गर्ने क्रममा मन्त्री थापाले राहदानीको अावेदन भर्नेदेखि बितरण गर्ने प्रणालीबारे जानकारी लिएपछि उक्त निर्देशन दिएका राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले बताए।
'अहिले पनि नराम्रो त छैन, तर मन्त्रीज्यूले अझ चुस्त र प्रभावकारी बनाउनका लागि वर्कअाउट गर्न भन्नुभएको छ,' थापाले नागरिकन्युजसँग भने 'पहिलेभन्दा अहिले धेरै सुधारहरू हुँदै गएको छ, हामी निरन्तर सुधारमा छाैं।' अहिले भएको प्रणालीमा अावश्यक सुधार गरेर सहज र छरितो ढंगले सेवाग्राहीले राहदानी प्राप्त गर्ने वातावरण मिलाउनका लगि अावश्यक गृहकार्य गर्न मन्त्री थापाले निर्देशन दिएका थिए।