काठमाडाैं-सरकार समर्थित दलहरूसम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा उपराष्ट्रपति पदमा साझा उम्मेदवार तयगर्ने बिषयमा विवाद भएको छ। बिहीबार बसेको समिति बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि शुक्रबार पुनः समितिको बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान र बेलुका बसेको समितिको बैठकमा एमाअोवादीले जनजाति समुदायको प्रतिनिधित्व पनि हुने भन्दै नन्दकिशोर पुनको नाम अघि सारेको थियो। पूर्व सहमति अनुसार उपराष्ट्रपति पदका लागि सरकारका साझेदार दलहरूबीचमा एमाअोवादीका उम्मेदवार सर्वसम्मत हुने चर्चा गरिएपनि एमाले, फोरम लोकतान्त्रिक र साना दलहरुले पनि दाबी गरेपछि बैठकमा निर्णय हुननसकेको बताइएको छ। सरकारमा सहभागी मध्येको ठूलो दल भएका कारण एमालेको स्वतः दाबी रहने भन्दै एमालेका तर्फबाट दाबी प्रस्तुत भएको श्रोतले बतायो।
'मधेसी वा थारू समुदायको उम्मेदवार हुनुपर्ने कुरा अाएको छ,' बैठकमा सहभागी एक एमाअोवादी नेताले भने 'उपराष्ट्रपति एमाअोवादीले पाउने पूर्व सहमति सबैलाइ थाहै छ,सहमति तोडिनु हुन्न, त्यसले अरू धेरै पक्षमा असर गर्नसक्छ।'
उपराष्ट्रपति पदका लागि प्रस्तुत गरिएका अाफ्ना उम्मेदवामा सहमति जुट्न नसकेपछि एमाओवादीले शुक्रबार बिहान ८ बजेकालागि स्थायी समिति बैठक डाकेको छ। 'बैठकमा समग्र बिषयमा छलफल हुनेछ,' एमाअोवादी नेता नारायणकाजी श्रेष्ठले भन 'सरकार निर्माण, राष्ट्रपति निर्वाचन लगायत सबै पक्षमा हाम्रो सहयोगले सहज भएको हो, सहमति बिगार्ने तर्फ कसैले सोँच्न हुँदैन।'