काठमाडौं–एकीकृत नेकपा माओवादीले पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुनलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने दोहोर्याएको छ।शुक्रबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी कमिटीको बैठकले यसअघि नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारुढ दलबाटै पुनको विकल्प खोज्न एमावादीलाई प्रस्ताव गरेपछि स्थायी कमिटीको बैठक बसेको थियो ।
बैठकले आफ्नो निर्णयबाट पछि नहट्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव एवं केन्द्रीय सदस्य चुडामणि खड्काले जानकारी दिए। 'अन्य दलबाट पासाङ (पुन) को विकल्प खोज्न प्रस्ताव आएको थियो,' खड्काले नागरिकन्युजसँग भने,'तर स्थायी कमिटीको बैठकले उहाँलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।'
स्रोतका अनुसार सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले उपराष्ट्रपति तराइबाट बनाउनुपर्ने प्रस्ताव गरेको थियो। त्यसो गर्दा तराईको समस्या समाधान गर्न सजिलो हुने एमालेले तर्क गरेको थियो। तर, एमाओवादीले आफूहरुले पहिला नै निर्णय गरिसकेको भन्दै त्यसमा कुनै फेरबदल नहुने स्पष्ट पारेको छ। राष्ट्रपतिमा एमालेलाई सघाएको एमाओवादीले उपराष्ट्रपति पाउन लागेको छ। उपराष्ट्रपतिमा नेपाली कांग्रेसले सिराहाका अमियप्रसाद यादवलाई उम्मेदवार बनाएको छ। उपराष्ट्रपतिको निर्वाचन शनिबार हुँदैछ।