काठमाडाैं-राजधानीको सामाखुसीस्थित एक निजि घरमा प्रहरीको गाडी प्रयोग गरेर ल्याइएको पेट्रोल कालोबजारी गर्नका लागि नभएको प्रहरीले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ।

प्रहरी प्रधान कार्यालयको विज्ञप्ति।
तर कार्यालयको कामका लागि प्रयोग हुनुपर्ने प्रहरीको गाडी दुरूपयोग भएको स्वीकार्दै अावस्यक कारवाहीको प्रकृया थालिएको प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रहरीको विज्ञप्तिमा लेखिएको छ- नेपाल प्रहरी सङ्गीत बिद्यालयका प्रमुखले व्याक्तिगत प्रयोजनकालागि रात्रीबसमा सप्तरी जिल्लाको कल्याणपुरबाट मगाएको ८० लिटर पेट्रोल कोटेश्वरबाट बा २ झ १९४ नम्बरको कार्यालयको गाडीमा राखि ल्याउने क्रममा सोही बसमा जिल्ला मकवानपुर सर्कितपलाँसे गाविस-५ घर भएका सामाखुसी बस्ने लालबहादुर थिङले अाफ्नै ट्याक्सीको प्रयोजनार्थ ल्याएको थप १ सय ५ लिटर पेट्रोल ल्याएको र त्यो पेट्रोल पनि सामाखुसीसम्म पुर्याउनका लागि सहयोग गरिदिन अनुरोध गरेकोले सो पेट्रोलसमेत प्रहरीकै गाडीमा राखि सामाखुसीसम्म पुर्याएको खुल्न अाएको छ।
प्रहरीको विज्ञप्तिमा अगाडी लेखिएको छ-प्रहरीको गाडी इन्धनको कालो बजारी गर्ने मनसायले प्रयोग नभएतापनि कार्यालय प्रयोजनकोलागि उपलब्ध सवारी व्यक्तिगत प्रयोजनमा प्रयोग भएको पाइएको हुँदा लापरवाहीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारी उपर अावश्यक विभागीय कारवाहीको प्रकृया शुरू भएको छ।’ विज्ञप्तिमा केन्द्रीय प्रहरी प्रवक्ता कमल सिंह बमको हस्ताक्षर छ।
प्रहरीको गाडी दुरूपयोग भएको स्वीकार गरेपनि सार्वजनिक सवारीमा अवैधरूपमा ल्याइएको इन्धनकाबारे प्रहरीले केही खुलाएको छैन। प्रहरी अनुसन्धानबाट खुलेको भनिएको सप्तरीबाट रात्रीबसमा ल्याएको करिब दुइसय लिटर इन्धन त्यसरी ल्याउनु जायज हुने/नहुनेबारे प्रहरीले केही खुलाएको छैन।
सम्बन्धित समाचारः
'तेलको अवैध कारोबारमा प्रहरी संलग्नता'बारे अख्तियारको ध्यानाकर्षण