काठमाडौं–उपराष्ट्रपतिको सपथ ग्रहणमा जानुपर्ने भन्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली विहानसम्मका लागि स्थगित भएको छ।पार्टीको १३ औं महाधिवेशन मूल आयोजक समिति गठन, तयारी समिति र समसामयिक विषयबस्तुमा छलफल गर्न आइतबार पार्टी कार्यालय सानेपाका बैठक बसेको थियो। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेका अनुसार बैठकमा आगामी महाधिवेशन तयारीलगायतका विषयमा छलफल भएको थियो।
बैठकमा महाधिवेश मुल आयोजक समिति, विभिन्न तयारी समिति र समसामयिक विषयमा छलफल भएको छ। बैठकमा प्रधानमन्त्री निर्वाचनदेखि उपराष्ट्रपति निर्वाचनसम्म आउँदा पार्टीले व्यहोरेका पराजयका विषयमासमेत समीक्षा हुने बताइएको छ।