काठमाडौं–नेकपा एमालेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले मन्त्रीसहित सबै राजनीतिक नियुक्तिमा संस्थागत निर्णय नभए स्वीकार्य नहुने बताएका छन्।मन्त्री छनोटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल चलिरहेको समयमा सचिव भट्टराईले स्थायी कमिटीको बैठक राखेर निर्णय गर्न माग गरेका हुन्। 'प्रधानमन्त्री तथा पार्टी अध्यक्षले नै कातिक नौ गतेको बैठकमा अघि जे भयो भैहाल्यो, अब संस्थागत निर्णय गरेर जान्छु भनेर भन्नु भएको थियो,' सचिव भट्टराईले नागरिकसँग भने, 'तर अहिले फेरि समिति व्यक्ति बसेर निर्णय गर्ने काम हुँदैछ । संस्थागत निर्णय नभको कुरा मञ्जुर छैन ।'
भट्टराईले यो विषय सबै बैठकमा उठाउने बताएका छन् । भट्टराईअनुसार कातिक नौ गतेको बैठकमा अध्यक्ष ओलीले राष्ट्रपति उप राष्ट्रपतिको निर्वाचन पछि स्थायी कमिटीको बैठक राखेर मन्त्रिपरिषदको निर्णय गर्ने बताएका थिए । सो बैठकमा मन्त्रिपरिषदको विस्तार, योजना आयोग, पुनर्निर्माण प्राधिकरण लगायत राजनीतिक नियुक्तिको विषयमा अजेण्डामा भएपनि राष्ट्रपतिको उम्मेदवार तोक्दै मात्रै सकिएको थियो । 'मुलुकलाई एकतावद्ध बनाएर लैजानु पर्ने समयमा सानो समूहको भेलाले गर्ने निर्णयले पार्टीलाई समेत एकतावद्ध बनाउन सक्दैन,' सचिव भट्टराईले भने, 'प्रधानमन्त्री बनाउने समयमा सबैले सहयोग गरे ।