काठमाडौं- सत्ता साझेदार दलहरूबीच मन्त्रालयका बाँडफाँटको अन्तिम टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ। साना दलका ठूला नेताले शक्तिशाली मन्त्रालयसहित सरकारमा जान खोज्दा सत्ता साझेदार दलहरूले पाउने मन्त्रालयको छिनोफानोपछि मात्रै एमालेले आफ्नो तर्फबाट बन्ने मन्त्रीको नाम टुंगो लगाउने भएको छ।
नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, बहुजन शक्ति पार्टी, मधेस समता पार्टी सरकारमा सहभागी भइसकेका छन् भने सरकारलाई समर्थन गर्ने अन्य दलहरू राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा तथा अन्य केही साना दलले समेत मन्त्रालयको दाबी गरेका छन्।
'सिपी मैनाली र चित्रबहादुर केसीले पनि सरकारमा जाने बताएका छन्। उनीहरू दुवैले राम्रो मन्त्रालय दाबी गरेका छन्,' अन्तर पार्टी संवादमा रहेका एक नेताले भने, 'सिपी मैनालीले उपप्रधानमन्त्री र स्थानीय विकासकै दाबी गरेका छन्। केसीको दाबी पनि कम छैन।'
केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा पहिलोपटक सरकारमा सहभागी हुन लागेको हो। 'केसीको व्यक्तित्वलाई हेरेर पनि राम्रो मन्त्रालयको दाबी आएको छ,' ती नेताले भने, 'फोरम लोकतान्त्रिकजतिकै हैसियतमा रहेको राप्रपाको पनि दाबी ठूलै छ।' लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर जबरा दुवै पक्षबाट मन्त्रालयको दाबी आएको छ।
ओली नेतृत्वको सरकारमा एमालेका तर्फबाट ३, एकीकृत माओवादीका तर्फबाट उपप्रधानसहित ८, राप्रपा नेपालबाट उपप्रधानसहित २, फोरम लोकतान्त्रिकका उपप्रधानमन्त्रीसहित ३, बहुजन शक्ति पार्टीबाट एक मन्त्री बनिसकेका छन् भने मधेस समता पार्टीका एक जना राज्यमन्त्री बनेका छन्।
एमालेले १०, एकीकृत माओवादीले ८, राप्रपा नेपालले ३, फोरम लोकतान्त्रिकले ३ मन्त्रालय प्राप्त गरेका छन्। १८ सदस्यीय मन्त्रिपरिषदमा ५ जना मन्त्री र एक राज्यमन्त्री विनाविभागीय रहेका छन् भने प्रधानमन्त्री ओलीसँग १४ वटा मन्त्रालय रहेको छ।
एकीकृत नेकपा माओवादी बाहेकका अन्य दललाई दिने मन्त्रालयको अन्तिम टुंगो लाग्न सकेको छैन। जनसम्पर्कको दृष्टिकोणले राम्रो मानिने ८ वटा मन्त्रालय एमाओवादीलाई दिएको भन्दै एमालेभित्र वार्तामा संलग्नहरूको आलोचना भइसकेको छ। एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले केही दिनअघि टि्वट गर्दै अन्य दलसँग मन्त्रालय बाँडफाँटमा संलग्नलाई सम्मान गर्नुपर्ने भनी व्यङ्ग्य गरेका थिए।
एमाओवादीले गृह, ऊर्जा, शिक्षा, वन, सामान्य प्रशासन, वाणिज्य तथा आपूर्ति, कृषि र सिँचाइ मन्त्रालय प्राप्त गरेको छ। एमालेले अहिलेसम्म कानुन, न्याय तथा संसदीय र उद्योग मन्त्रालय लिएको छ।
एमालेले रक्षा, अर्थ, सूचना, सहरी विकास लिने टुंगो लागे पनि अन्यको अन्तिम निर्णय भइसकेको छैन। एमालेले स्थानीय विकास मन्त्रालय दाबी गरेपछि राप्रपा नेपालले आपत्ति जनाएको छ। पहिले नै सो मन्त्रालय दिने भनेर निश्चित भइसकेको भन्दै त्यसमा दायाँबायाँ नस्वीकार्ने उसले बताइसकेको छ।
सत्तारूढ दलहरूबीच मन्त्रालय विभाजन गरेर सबैलाई भाग पुर्याबउने विषयमा छलफल भए पनि त्यस्तो कदमको पार्टीभित्र र बाहिर आलोचना सुरु भइसकेको छ।
मन्त्रालयको अन्तिम टुंगो लागि नसकेकाले सत्ता साझेदार अन्य राजनीतिक दलले मन्त्री पठाए पनि नेतृत्व गर्ने दल एमालेले अहिलेसम्म नाम छनोट गर्न सकेको छैन। एमालेभित्र पनि मन्त्री बन्नका लागि दौड तीव्र छ।
'अहिले सांसदहरू एमालेको नेतृत्वमा सरकार बन्ने वा सरकारमा सहभागी हुने अन्तिमपटक हो जस्तो गरी लागेका छन्,' एक एमालेका नेताले नागरिकसँग भने, 'नेताहरूको घरमा संविधानसभाका बेला टिकट माग्न समूह बनाएर आएजस्तै समूह बनाएर आएका छन्।'
ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै दसैं, त्यसपछि सभामुख, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा होमिएको दलहरूबीच सरकारमा सहभागीको बारेमा छलफल सुरु भएको छ।
'प्रधानमन्त्री सकेसम्म चाँडो मन्त्रिपरिषदलाई पूर्णता दिने पक्षमा हुनुहुन्छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले नागरिकसँग भने।