काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग नाका खोले भारतीय मालवाहक सवारी साधनलाई नेपालमा पूर्ण सुरक्षा दिने प्रतिबद्धता जनाएका छन्। वीरगन्ज झडपमा एक भारतीय नागरिकको मृत्यु भएपछि सोमबार भएको टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले ढुवानीका भारतीय सवारी साधनमा कुनै प्रकारको समस्या नहुने बताएका हुन्।
पार्टी मुख्यालय धुम्बाराहीमा एमाले स्थायी कमिटी बैठक जारी रहेका बेला दुवै देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बैठकमा भारतीय समकक्षीसँग भएको टेलिफोन वार्ताबारे जानकारी गराएका थिए।
'भारतीय प्रधानमन्त्री मोदीले मालवाहक सवारी साधनलाई भारततर्फ कुनै प्रकारको समस्या नरहेको बताएपछि प्रधानमन्त्री ओलीले नेपालतर्फ पनि सुरक्षा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो,' एमाले सचिव तथा प्रचार विभाग प्रमुख भट्टराईले नागरिकसँग भने।
अघोषित नाकाबन्दी गर्दै मालवाहक सवारी साधनलाई नेपाल छिर्न रोके पनि भारतले नेपालमा जारी प्रदर्शनका कारण त्यस्तो भएको बताउँदै आएको छ। भारतले आफ्नो तर्फबाट कुनै प्रकारको अवरोध नभएको दाबी गर्दै आएको छ।
भारतीय समकक्षी मोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले वीरगन्ज घटनाका बारेमा समेत जानकारी गराएका थिए। उनले वीरगन्जको झडपमा मारिएका आन्दोलनकारी भारतीय नागरिक भएको जानकारी गराएका थिए।
'वीरगन्ज नाका खुलाएपछि सुरु भएको आन्दोलनमा प्रदर्शनकारीले प्रहरी चौकीसहित सरकारी कार्यालय तथा व्यक्तिको सम्पत्तिमा आक्रमण गरेको र प्रहरीमाथि ढुंगामुढा गर्नेलाई नियन्त्रण लिने क्रममा गोली लागी एक प्रदर्शनकारी मारिएको र ती व्यक्ति भारतीय नागरिक भएको उहाँ (ओली) ले जानकारी गराउनुभयो,' भट्टराईले नागरिकसँग भने।
सोमबार बिहान सीमामा भएको अवरोध प्रहरीले हटाएपछि वीरगन्जमा अडि्कएका भारतीय खाली ट्रक भारततर्फ लागेका थिए।
यसैबीच, वीरगन्जको सीमा नाकामा भएको झडपका बारेमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफल गरेका छन्। छलफल भारतीय विदेश मन्त्रालयमा भएको थियो।
दीर्घकालीन समाधान खोज्न सुझाव
मन्त्रिपरिषदलाई पूर्णता दिन बसेको एमाले स्थायी कमिटी बैठक देशको पछिल्लो परिस्थितिको छलफलमै केन्द्रित भएको थियो। बैठकले सरकारलाई आन्दोलनरत मधेसी मोर्चासँग राष्ट्रिय एकता, भौगोलिक अखण्डता तथा जातीय सद्भाव नखल्बलिने गरी वार्ता गर्न सुझाव दिएको छ।
'बैठकले अहिले देखिएको आपूर्ति समस्याको समाधानका लागि वैकल्पिक उपाय अपनाउन र यसको दीर्घकालीन समाधान खोज्नसमेत आग्रह गरेको छ,' सचिव भट्टराईले नागरिकसँग भने।
मन्त्रिपरिषदलाई पूर्णता दिन बैठक बसे पनि समसामयिक परिस्थितिमै छलफल केन्द्रित भएपछि सो विषयमा प्रवेश नै गर्न पाएन। बैठकले राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्य समेतबाट उपाध्यक्ष विद्या भण्डारीले दिएको राजीनामा स्वीकृत गरेको छ । त्यसैगरी बैठकले नवनिर्वाचित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख तथा उपसभामुखलाई बधाई समेत दिएको छ।