काठमाडौं–नेकपा एमालेले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीहरुको छनोट गर्ने अधिकार दिएको छ। एमाले मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी गराउने मन्त्रीहरुका लागि मापदण्ड निर्धारण गर्दै ओली नाम छान्ने अधिकार प्रत्यायोजन गरेको हो।सरकार गठन भएको तीन साता वित्दासमेत पार्टीको तर्फबाट मन्त्रीहरुको छनोट गर्न नसकेको भनि आलोचना भैरहेको समयमा एमालेले सबै क्षेत्र र वर्गलाई समेट्ने गरी सरकारमा सहभागी गराउने निर्णय गरेको छ ।
'पार्टीले प्रदेशिक सहभागीता, जाति, लिंग,भाषा, वरिष्ठता र अहिलेका चुनौतिलाई सामना गर्ने सक्ने व्यक्तिलाई छनोट गर्न निर्देशन दिएको छ,' एमाले उप महासचिव घनश्याम भुसालले नागरिकसँग भने, 'पर्सीसम्ममा मन्त्रिपरिषदले विस्तार हुन्छ ।'
एमालेले दस मन्त्रालय लिने बताउँदै आएपनि सत्तासाझेदार दलहरुलाई चित्त बुझाउँदा ८ मात्रै पाउने भएको छ । रक्षा, अर्थ, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, सञ्चार, कानुन, उद्योग मन्त्रालय एमालेको भागमा परेको छ । एमालेबाट अग्नी खरेलले कानुन, सोमप्रसाद पाण्डेले उद्योग र सत्यनारायण मण्डलले विना विभागीय मन्त्री छन् । एमालेको तर्फबाट प्रदेश नम्बर तीन, चार, छ र सातको प्रतिनिधित्व हुन बाँकी रहेको छ ।
'प्रधानमन्त्री तथा वरिष्ठ नेताहरुले सत्तासाझेदार दलहरुसँग गरेको प्रतिवद्धताअनुसार मन्त्रालय पाउनेछन्,' एमाले सचिव पृथ्वी सुब्बाु गुरुङले नागरिकसँग भने, 'सत्ता साझेदार दलहरु मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक र राप्रपा नेपालले तीन–तीन वटा, राप्रपाले २, नेकपा माले, नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चाले १–१ वटा मन्त्रालय प्राप्त गर्ने छन् ।' एकीकृत नेकपा माओवादीका उप प्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी रहेका छन् । बैठकमा केही मन्त्रालयहरु फुटाउने विषयमा समेत छलफल भएको थियो । विपत्त व्यवस्थापन, संघीय मामिला तथा समावेशीकरण जस्ता नयाँ मन्त्रालय बनाउने विषयमा छलफल भएको छ । बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्ष ओलीलाई गुटको आधारमा मन्त्रीहरुका छनोट गरे सार्वजनिक रुपमै विरोध गर्ने चेतावनी समेत दिएका छन् ।