काठमाडौं- सरकारले संसदमा दर्ता गराएको 'भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' का केही प्रावधानमा सत्तारुढ एमाले र विपक्षी कांग्रेसबीच विवाद देखिएको छ। विधेयकका केही प्रावधान राख्ने कि हटाउने भन्नेमा सत्तारुढ र विपक्षीबीच सहमति कायम हुन नसक्दा विधायन समितिको उपसमितिमा रहेको विधेयक अघि बढ्न सकेको छैन। बहुमतबाट निर्णय गरेरै भए पनि विहीबार समितिमा पेस गर्ने तयारी सत्तारुढ दलको छ। उपसमितिमा सत्तारुढ दलको बहुमत छ।अघिल्लो सरकारले गरेका नियुक्ति र काम–कारबाहीसँग जोडिएका विषय रहने कि नरहने भन्ने बुँदा प्रतिष्ठाको विषय बनेको सचिवालय स्रोतले जानकारी दिएको छ। सत्तारुढ दल एमाले र एमाओवादी एकातिर देखिएका छन् भने विपक्षी कांग्रेस अर्कोतिर उभिएको छ।
विधेयकको दफा ३३ कायमै राख्ने कि हटाउने, विपक्षी दलको नेता परामर्श समितिको उपाध्यक्ष राख्ने कि नराख्ने, प्रमुख कार्यकारी अधिकृत र कार्यकारी अध्यक्ष राखेर अधिकार दुवैमा बाँडफाँट गर्ने कि नगर्ने भन्नेमा विवाद देखिएको छ। विधेयकको दफा ३३ मा रहेको 'भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी अध्यादेश, २०७२ निष्त्रि्कय भएपछि त्यसको परिणाम' भनी उल्लेख गरिएको दफा नै हटाउनुपर्ने सत्तारुढ एमाले र एमाओवादीको अडान छ भने त्यसलाई कायमै राख्नुपर्ने विपक्षी कांग्रेसको अडान छ।
दफा ३३ को (क) मा 'सो अध्यादेश निष्त्रि्कय हुँदाका बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन' उल्लेख छ। त्यसैगरी (ख) मा 'सो अध्यादेशबमोजिम चालु भएको कुरा वा सोबमोजिम रीत पुर्यााई अघि नै भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन,' उल्लेख छ। (ग) मा सो अध्यादेशबमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पर्ने छैन,' उल्लेख छ। (घ) मा सो अध्यादेशबमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पर्ने छैन र (ङ) मा माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व, दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम–कारबाही वा उपायलाई असर पार्ने छैन र सो अध्यादेश कायम रहेसरह त्यस्तो कुनै कानुनी कारबाही वा उपायलाई पनि सुरु गर्न, चालु राख्न वा लागू गर्न सकिनेछ,' भनिएको छ।
एमाले, एमाओवादी र साना दलका तर्फबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदले दफा ३३ का सबै बुँदा हटाउनुपर्ने तर्क गरेका छन्। कांग्रेसले भने आफू नेतृत्वको सरकारले ल्याएको अध्यादेश र नियुक्तिका सम्बन्धमा फेरबदल गर्न नहुने तर्क गर्दै उक्त दफा कायमै राख्नुपर्ने बताएको छ।
स्रोतका अनुसार प्राधिकरणको नेतृत्वमा पुरानै सरकारले गरेको नियुक्तिलाई कायमै राख्ने वा नयाँ सरकारले नयाँ नियुक्ति गर्ने भन्ने विवाद हो। एमालेले सिइओलाई सदस्य सचिवका रूपमा राखेर कार्यकारी अध्यक्ष राख्नुपर्ने तर्क पनि अघि सारेको स्रोतले जानकारी दियो। त्यसलाई हेरेर राजनीतिक दलका नेताहरू आ–आफ्नो अडानमा रहेको संसद सचिवालय स्रोतको दाबी छ।
सरकारले अध्यादेश जारी गरी योजना आयोगका तत्कालीन उपाध्यक्ष गोविन्दराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) चयन गरेको थियो। तर, कांग्रेस नेतृत्वको सरकारले प्रतिस्थापन विधेयक समयमा संसदमा पेस गर्न सकेन। संविधान जारी गरिसकेपछि संसद अधिवेशन अन्त्य गर्ने दिनमा सरकारले ल्याएको विधेयकलाई सम्बन्धित समितिमा पठाएको थियो।
यस विषयलाई लिएर कांग्रेसभित्रै विवाद बढेको थियो। संसदको विधायन समितिले कांग्रेस सांसद तारिणीदत्त चटौतको नेतृत्वमा उपसमिति गठन गरी विधेयक संशोधन गर्ने जिम्मा दिएको थियो। तर, उपसमितिमा रहेका कांग्रेस सांसदले दफा ३३ कायमै राख्नुपर्ने अडान राखे भने एमाले र एमाओवादीका सांसदले यसको प्रतिवाद गर्दै उक्त दफा हटाउन कांग्रेस तयार नभए बहुमतबाटै निर्णय गर्ने चेतावनी दिएका छन्।
समितिको बैठक बिहीबार बिहान बोलाइएको छ। त्यसअघि नै उपसमितिले यी सबै विषय टुंगो लगाएर प्रतिवेदन बुझाउने तयारी गरेको उपसमितिका संयोजक चटौतले जानकारी दिए। 'दफा ३३ मा रहेको व्यवस्थामा छलफल भइरहेको छ,' चटौतले नागरिकसँग भने, 'यो बुँदा कायम राख्नुपर्ने र हटाउनुपर्ने भन्नेमा छलफल भइरहेको छ, बिहान उपसमितिको बैठक बसेर टुंगो लगाउने तयारी छ।'
सरकारले सकेसम्म आइतबार बस्ने व्यवस्थापिका–संसदको बैठकबाट यो विधेयक पारित गराउने तयारी गरेको छ। बिहीबार समितिमा पेस गरी सामान्य छलफलपछि टुंगो लगाएर आइतबार पारित गर्ने तयारी भएको स्रोतले जानकारी दियो।
नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि आएको विधेयक नभई नयाँ तरिकाले आएकाले उक्त दफा हटाउनुपर्ने बताए। 'यो ऐनले अर्कोलाई विस्थापित गरेको भए राख्नुपर्थ्यो,' भण्डारीले नागरिकसँग भने, 'यो कुनै ऐनलाई प्रतिस्थापन गर्न नआएको हुनाले राख्न सकिँदैन। म कानुनको विद्यार्थी पनि हुँ। राजनीतिक कुरालाई कानुनमा राख्न सकिँदैन। यसमा हामी सहमत छैनौं।'
भण्डारीले अध्यादेश जारी गरेर गरिएका सम्पूर्ण नियुक्ति र काम–कारबाहीलाई निरन्तरता दिन नसकिने तर्क गरे। 'कांग्रेस आफू नेतृत्वको सरकारले नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृतलाई निरन्तरता दिन चाहन्छ,' भण्डारीले भने, 'नयाँ प्रक्रियाबाट उहाँ आउन सक्नुहुन्छ तर अहिले नै निरन्तरता दिन कानुनतः मिल्दैन, हामी तयार छैनौं।'
सभामुख ओनसरी घर्तीले पनि संसदको आगामी बैठकमा पुनर्निर्माणसम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको जानकारी गराइन्। 'सरकार र संसद दुवैको जोड प्राधिकरणसम्बन्धी विधेयक पारित गर्ने भन्ने छ,' उनले भनिन्, 'समितिमा काम भइरहेको छ, शनिबारसम्म टुंगो लागे आइतबार संसदमा पेस हुन्छ।'
त्यसैगरी विधेयक संशोधन गरी प्रमुख कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष राख्नुपर्ने प्रस्ताव पनि आएको छ। कार्यकारी अध्यक्ष राखेर काम, कर्तव्य र अधिकार बाँडफाँट गर्नेबारेमा पनि छलफल भइरहेको छ। 'सबै अधिकार एउटै व्यक्तिलाई भन्दा दुईवटालाई कार्यविभाजनसहित दिँदा राम्रो हुने मानेर संशोधन गर्न लागिएको हो,' स्रोतले भन्यो।
त्यसैगरी परामर्श समितिको अध्यक्षमा प्रधानमन्त्री र उपाध्यक्षमा विपक्षी दलको नेता राख्ने पनि तयारी छ। यो विषयमा पनि उपसमितिमा छलफल भइरहेको स्रोतले जानकारी दियो। विधेयक संशोधन गरी जिल्लास्तरीय अनुगमन समिति बनाउने, समितिमा जिल्लाका सबै सांसद, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी पनि रहने व्यवस्था गर्नेगरी छलफल चलेको उपसमितिका सदस्य भण्डारीले जानकारी दिए।