काठमाडौं–उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको पारवाहन अधिकार कुण्ठित भएको बताएका छन्। उनले भुपरिवेष्ठित मूलुकमा पारवाहन अधिकारमा बन्देज लगाउँदा गम्भीर र संवेदनशिल परिस्थिति आएको भन्दै अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।संयुक्त राष्ट्रसंघको जेनेभामा मानवअधिकार सम्बन्धी २३ औं विश्वव्यापी आवाधिक समीक्षा बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै थापाले नेपालमा पारवाहन अधिकार हनन हुँदा जनजीवन अस्तव्यस्त बनेको बताएका हुन्। थापाले देशका ७५ जिल्लामध्ये तराईका ८ जिल्लामा जारी मधेसवादी दलको आन्दोलनलाई बाहना बनाएर नाकाबन्दी भएकोप्रति कडा टिप्पणी गरेका हुन्। कुनै देशको नाम उल्लेख नगरि थापाले नेपालको घरेलु मामिलामा हस्तक्षेप नगर्न चुनौती दिए। उनले नेपाल घरेलु समस्या समाधान गर्न स्वयं सक्षम रहेको बताए। उनले असन्तुष्ट मधेसवादी दलहरूसँग चार चरणको वार्ता भैसकेको भन्दै संविधानको अधिनमा रहेर वार्ता र सहमतिबाट समस्या समाधान हुने भन्दै विस्वस्त हुन अाग्रह गरे।
भिडियोः

नेपालका लाखौं बालबालिका शिक्षाबाट बञ्चित हुनुपरेको थापाले बताए। स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रसमेत प्रभावित बनेको थापाले बताए।
थापाको भनाई थियो–'नेपालको क्षेत्रीय तथा अन्तराष्ट्रिय व्यापार बन्द भएको छ, कैयौं उद्योग र कारखाना बन्द भएका छन्।' उनले भने 'पर्यटन क्षेत्र अस्तव्यस्त बनेको छ, हरेक क्षेत्र प्रभाति बनेको छ।'
उपप्रधानमन्त्री थापाले नेपाल दशक लामो द्वन्द्वबाट तंग्रिन नपाउँदै महा भूकम्पको चपेटमा परेको भन्दै पीडा माथि पीडा थप्नेगरी अहिले पारवाहनमा असहजता सृजना गरिदा नेपालको अर्थतन्त्र ध्वस्त भएको बताए।

भिडियोः
थापाले भुपरिवेष्ठित मुलुकले भोग्न परेको समस्यालाई विश्व समुदायले गम्भीरताका साथ लिन अपिल गरे। नेपालको तर्फबाट मानवअधिकार प्रतिवेदन प्रस्तुत गरेपछि भएको खुला छलफलमा भारतीय प्रतिनिधीले नेपालमा नयाँ संविधान जारी भएपछि राजनीतिक समस्या चुलिएको बताएका थिए। भारतीय प्रतिनिधिले नेपालको आन्तरिक राजनीतिक समस्याका कारण सीमा नाकामा समस्या भएको तर्क गरेका थिए। भारतीय प्रतिनिधिलाई जवाफ फर्काउने क्रममा निकै भावुक बनेका थापाले बैठकका अध्यक्षसमक्ष नेपालको विकराल परिस्थतिका कारण अफू भावुक भएकोमा क्षमा समेत मागेका थिए।

थापाले नेपालमा मधेसवादी दलहरुको आन्दोलनलाई देखाएर सीमाबाट सामान ढुवानी गर्न लगाइएको रोकले नेपालीको दैनिकी असहज र अस्तव्यस्त बनेको बताए। 'चाडपर्वको बेलामा खाना पकाउने ग्यास छैन, १० प्रतिशत पनि सवारी साधन गुडेका छैनन्,' भावुक मुद्रामा थापाले भने 'के नेपाललाई आफ्नो संविधान आफै घोषणा गर्ने अधिकार छैन?' उनले भारतीय नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तुको अभाव हुँदा जनजीवन प्रभावित बनेको बताए।