काठमाडौं— नेपाल र चीनबीच सात वटा व्यापारिक नाका सहज बनाउने तथा नेपाली वस्तुमा भन्सार छुट दिने सम्झौतामा हस्ताक्षर हुँदैछ।सम्झाैताअनुसार संखुवासभाको किमाथाङका, मुस्ताको कोराला, ताप्लेजुङको ओलाङ्चुङगोला, गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामाबगर तथा मुगु नाका व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ।
चीनसँग अहिले दोहोरो व्यापार गर्न तातोपानी र केरुङ नाका स्थापित छन्। भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्ने तयारी भइरहेको छ। केरुङ नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी स्तरउन्नति गर्न तथा तातोपानी नाका छिटै सञ्चालन गर्न दुवै पक्षबीच सहमति भएको छ।
होटल र्याडिसनमा हुने सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना तथा चीनको ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोई सहभागी हुँदैछन्।
नयाँ सम्झाैताअनुसार मालबाहक सवारी साधन नेपाल ल्याउने चिनियाँ चालक र सहचालक तथा चीन प्रवेश गर्ने नेपाली चालक र सहचालकलाइ भिसा लगाउनु पर्ने छैन।