काठमाडौं-गृहमन्त्री शक्ति वस्नेतले आफ्नो कार्यकालमा सुरक्षा संगठनविच नीतिगत नेतृत्व बाहेकका विषयमा आफुले चासो नदिने बताएका छन् । 'सुरक्षा संगठनका सरुवा–बढुवा सम्बन्धी विषयमा अनावश्यक चासो राख्दिन ' बिहीबार मन्त्रालयमा भएको सुरक्षा सम्बन्धी सञ्चारकर्मीसँगको भेटमा उनले भने' नीतिगत नेतृत्व बाहेकका विषयमा मेरो चासो रहँदैन ।'
भेटमा सञ्चारकर्मीले तराई क्षेत्रमा भइरहेको आन्दोलनबाट सुरक्षा चुनौती बढाएको, पक्राउ पुर्जी जारी गर्ने अधिकार सहित आएको सशस्त्र प्रहरीको नियमावलीले नेपाल प्रहरीसँगको सम्बन्ध चिसोहुँदा त्यसको नकारात्मक प्रभाव तल्लोतहसम्म परेको र मन्त्रालयको नेतृत्वले नीतिगत भन्दा पनि आर्थिक चलखेलमा बढी केन्द्रित हुने गरेको भन्दै सुधारको सुझाव दिएका थिए ।
सञ्चारकर्मीको सुझावपछी उनले मन्त्रालयको कार्यक्षेत्र समन्वय र आवश्यक नीति बनाई कार्यान्वयनको निर्देशन दिने रहेकाले कार्यक्षेत्रभित्र बसेर काम गर्ने प्रतिवद्धता जनाए । मन्त्रालय मातहतका संगठनका लागी नीतिगत स्पष्टता र सुधार आवश्यक देखिएकाले आफ्नो पहिलो प्राथमिकता त्यसैमा हुने उल्लेख गर्दै उनले भने' मेरो प्राथमिकता शान्ती सुरक्षामा सुधार नै हो ।'
बदलिएको शन्दर्भ अनुसार मन्त्रालयमा सुधार गर्नुपर्ने क्षेत्र धेरै रहेको उल्लेख गर्दै उनले गृह प्रशासन र सुरक्षा संगठनलाई समयानुकल जिम्मेवार र पारदर्शी बनाउने उनले बताएका थिए ।
गृहमन्त्री बस्नेतले पछिल्लो समय सशस्त्र–प्रहरीविचको सम्बन्धबारे आफु जानकार रहेको बताउँदै सुरक्षा संगठनविचको सम्बन्ध मैत्रिपूर्ण बनाउनु आफ्नो प्राथमिकताको विषय रहेको जानकारी दिए । 'गृहमन्त्रीले ठेक्कापट्टामा हैन, शान्ती सुरक्षामा ध्यान दिनुपर्छ'भन्ने सञ्चारकर्मीको सुझावमा उनले भने' यस विषयबारे म जानकार छु, गुनासोको मौका दिन्न ।'