काठमाडौं- केपी शर्मा ओली नेतृत्व मन्त्रिपरिषदमा ६ जना उपप्रधानमन्त्री भएका छन्। बिहीबार एमालेका भीम रावल, नेकपा मालेका सिपी मैनाली र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी नियुक्ति भएपछि उपप्रधानमन्त्री संख्या ६ पुगेको हो।
राप्रपा नेपालका कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र एकीकृत नेकपा माओवादीका टोपबहादुर रायमाझीले यसअघि नै उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
यसअघि झलनाथ खनाल र बाबुराम भट्टराई सरकारमा तीनजना उपप्रधानमन्त्री थिए। त्यतिबेला धेरैलाई उपप्रधानमन्त्री बनाएको भन्दै आलोचना भएको थियो।
एमाले सचिव प्रदीप ज्ञवाली ६ जना उपप्रधानमन्त्री बनाउनु प्रधानमन्त्री ओलीको परिस्थितिको बाध्यता भएको बताउँछन्।
'चित्रबहादुर केसी र सिपी मैनाली राष्ट्रिय राजनीतिका सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ,' सचिव ज्ञवालीले नागरिकसँग भने, 'ठूलो मन्त्रिपरिषद बनाउने कसैको चाहना होइन। परिस्थितिको आवश्यकत हो।'
सचिव ज्ञवालीले पहिलोपटक सरकारमा सहभागी राष्ट्रिय जनमोर्चाको यो नीतिगत डिपार्चर (फड्को) भएको बताए।
उपप्रधानमन्त्रीको संख्यालाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। देश संकटमा रहेका बेला सानो, छरितो र मितव्ययी बनाउनुपर्नेमा ६ जना उपप्रधानमन्त्रीसहित ठूलो मन्त्रिपरिषद बनाएको भन्दै आलोचना भएको हो।
'उपप्रधानमन्त्री र संख्याका कारण अलि ठूलो जस्तो देखिए पनि राष्ट्रको ढुकुटीमा थप व्ययभार नपरोस् भनेर प्रधानमन्त्री सचेत हुनुहुन्छ,' सचिव ज्ञवालीले भने।
बिहीबार तेस्रोपटक विस्तार भएपछि मन्त्रिपरिषद २८ सदस्यीय बनेको छ। अहिले पनि सरकारले पूर्णता प्राप्त गरेको छैन।
बिहीबार मात्रै एमालेका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँगै अर्थमन्त्रीमा विष्णु पौडेल, सूचना तथा प्रविधि मन्त्रीमा शेरधन राई, विनाविभागीय मन्त्रीमा शान्ता मानवी र पर्यटन मन्त्रीमा आनन्द पोखरेलले शपथ ग्रहण गरेका थिए। प्रधानमन्त्री ओलीले मन्त्रीमा नाम राखे पनि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने अस्वीकार गरेकी थिइन्। यसअघि एमालेका तर्फबाट अग्नि खरेल कानुन, सोमप्रसाद पाण्डे उद्योग र सत्यनारायण मण्डल बिनाविभागीय मन्त्री बनेका थिए।
हालसम्म सरकारमा नेकपा एमालेका ८, एकीकृत नेकपा माओवादीका ८, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका एक राज्यमन्त्रीसहित तीन, राप्रपा नेपालका २ मन्त्री छन्। त्यसैगरी बहुजन शक्ति पार्टी एक र मधेस समता पार्टीका एक राज्यमन्त्री छन्।
बिहीबार नै प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी बाँडफाँट गरेका छन्। जसअनुसार एमालेका मण्डललाई युवा तथा खेलकुद, राप्रपा नेपालका रामकुमार सुब्बालाई भूमि सुधार, फोरम लोकतान्त्रिकका रामजनम चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
राप्रपा नेपालले दुई राज्यमन्त्री र दुई सहायक मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइसके पनि पछिल्लो सरकार विस्तारमा पर्न सकेनन्।
'एमालेबाट मधेसी समुदायका राज्यमन्त्री थपिनेछन्,' एमाले सचिव ज्ञवालीले भने, 'कमल थापा स्वदेश फर्केपछि मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुन्छ। नेकपा संयुक्त र राप्रपाले पनि प्रतिनिधि पठाएका छैनन्। त्यसपछि मात्रै सरकारले पूर्णता पाउँछ।'
थापा राष्ट्रसंघीय मानवअधिकार परिषदको आवधिक समीक्षा बैठकमा भाग लिन जेनेभा गएका छन्। थापा शुक्रबार फर्कने कार्यक्रम छ।
मन्त्री अस्वीकार
मन्त्री बन्ने सूचीमा परेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ व्यक्तिलाई अवसर दिन भन्दै पद अस्वीकार गरेकी छन्।
प्रधानमन्त्री ओलीले पटक–पटक आग्रह गरे पनि शाक्यले सो पद अस्वीकर गरेकी थिइन्। 'यसअघि पनि दुईपटक मन्त्री भइसकेकी थिएँ। एकै महिलाले मात्रै होइन, अरूले पनि अवसर पाउनुपर्छ भनेर छाडेकी हुँ,' उपाध्यक्ष शाक्यले नागरिकसँग भनिन्, 'पार्टीभित्र अन्य सक्षम र लामो समयदेखि काम गर्दै आउनुभएका महिला नेत्रीहरू हुनुहुन्छ।'
शाक्यले आफ्नो साटो शान्ता मानवी, गौरा प्रसार्इं, श्रीमाया थकाली, जयन्ती राई लगायतको नाम सिफारिस गरेकी थिइन्। 'जनजाति र पुरानोबाट बनाउँदा राम्रो हुने सुझाव दिएकी थिएँ,' शाक्यले भनिन्, 'प्रधानमन्त्रीलाई सफल बनाउने कुरा हो, म बाहिर बसेर पनि पूर्ण रूपमा सहयोग गर्छु भनेकी छु।'
ओलीले शाक्यको साटो मानवीलाई बिनाविभागीय मन्त्री बनाएका छन्। शाक्य शेरबहादुर देउवाको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण र पुष्पकमल दाहाल नेतृत्व सरकारमा उद्योगमन्त्री बनेकी थिइन्। उपाध्यक्ष शाक्यले अहिलेको सरकारमा मधेस, जनजातिको पर्याप्त सहभागिता नरहेको गुनासो पनि गरेकी छन्।
'माफी माग्छु'
अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको गठन प्रक्रिया र प्रतिनिधित्वका बारेमा एमालेभित्र असन्तुष्टि देखिएको छ।
एमाले उपमहासचिव घनश्याम भुसाल प्रधानमन्त्री ओलीलाई देशलाई नयाँ दिशामा लैजाने अवसर भए पनि मन्त्री बनाउने पुरानो परम्पराबाट पृथक हुन नसकेको बताए।
'२०४७ पछि देशको आवश्यकताभन्दा पनि मन्त्री बन्ने चाहना पूरा गर्ने/गराउने माध्यमका रूपमा रहँदै आएको छ,' एमाले उपमहासचिव भुसालले भने, 'अहिले एमाले नेतृत्वको यो सरकारलाई त्यो कोर्स बदल्ने अवसर थियो। तर, पुरानो परम्पराबाट मन्त्री छनोट पनि त्योभन्दा पृथक हुन सकेन।'
उनले अहिलेको सरकार मधेस, जानजाति र अन्य समुदायको पर्याप्त प्रतिनिधित्वसहित राष्ट्रिय एकताको प्रतीक हुन नसकेको बताए। 'अहिलेको सरकार राष्ट्रिय एकतालाई कायम राख्ने र समाज परिवर्तनको बाहक हुनुपर्दथ्यो। त्यस्तो हुन सकेन, त्यसका लागि सबैसँग माफी माग्छु।'