काठमाडौं-उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालले भाेग्नु परेको असहज स्थितिबारे जेनेभामा विश्व समुदायलाई जानकारी गराएको बताएका छन्।
उनले भारततर्फ लक्षित गर्दै केही अपवाद बाहेक सबै राष्ट्रले नेपालमा देखिएको पारवाहन तथा आपूर्ति समस्याबारे चिन्ता र सदभाव देखाएको बताए।
उनले भारतीय नाकाबन्दीको बारेमा जेनेभामा सशक्त ढंगले कुरा उठाएको भन्दै नेपालमा कसले, किन र केकालागि पारवाहनमा अवराेध गरेको छ भन्ने विश्व समुदाय प्रष्ट भएको बताए।
‘एउटा भुपरिवेष्ठित राष्ट्रले अन्तराष्ट्रिय कानुन बमोजिम पाउनु पर्ने अधिकारको सम्मान गर्दै मित्रराष्ट्र भारतले अहिलेको अवरोध हटाउने र अापूर्ति व्यवस्था अागामी दिनमा सहज पार्नेमा म विश्वस्त छु,’ जेनेभामा आयोजित राष्ट्र संघीय सम्मेलनमा सहभागी भएर शुक्रबार नेपाल फर्किएका थापाले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग भने 'नाकाबन्दीका कारण नेपाली जनताले दुई महिनादेखि भोग्नु परेको समस्या र मूलुकको अर्थतन्त्रमा परेको प्रभावबारे विश्व समुदायलाइ हामीले सशक्त ढंगले जानकारी गरायाैं।’
थापाले मधेसवादी दलहरूले अान्दोलनलाई लामो समयसम्म तन्काइ राख्नु पर्ने अावश्यकता नरहेको भन्दै वार्ता र सहमतिमै समस्या समाधान हुने बताए। उनले माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको भन्दै वार्ताबाटै समाधान निस्कने बताए। उनले भने ‘अविलम्ब फेरी वार्तामा अाउन र वार्ताका मध्यमबाट समाधान खोज्न म अान्दोलनरत पक्षलाई अाग्रह गर्न चाहन्छु।’ थापाले अाफू वार्ताको वातावरण बनाउन र समाधान खोज्न अाजैदेखि नै सक्रिय हुने बताए।
भिडियोः