काठमाडौं-पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा ४७ जना नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेस समस्या र भारतीय नाकाबन्दीलाई एकै दृष्टीले नहेर्न भन्दै 'स्मरणपत्र' बुझाएका छन्। मधेसकाे समस्या अान्तरिक तहबाट र भारतसँगको समस्या कुटनीतिक तहबाट समाधान गर्न पत्रमा सुझाव छ।
दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, विद्याधर मल्लिक,कृष्ण हाथेछु,तुलाराम शाह,खगेन्द्र संग्राैला,युग पाठक,खिमलाल देवकोटा,मल्ल के सुन्दर,पासाङ शेर्पा लगायतले हस्ताक्षर गरेका छन्।
पत्रमा संविधानमा संसोधन गरेर अान्दोलनरत दलहरूका उचित माग सम्बोधन गर्न अाग्रह गरिएको छ। पत्रमा छ-'अधिकारका लागि भएका अान्दोलनलाई राजनीतिक वार्ताको माध्यमबाट समाधान खोज्न ध्यानाकर्षण गर्दछाैं'
राज्यबाट अनावश्यक बल प्रयोग हुनु र आन्दोलनकारीबाट अराजकता सृजना हुनु गलत भएको भन्दै दुबैले थप मुडभेड ननिम्त्याउन स्मरण पत्रमा आग्रह गरिएको छ।
'मधेसको आन्दोलन र भारतीय अघोषित नाकाबन्दीलाई अलग रूपमा बुझ्न जरुरी छ,' पत्रमा लेखिएको छ ‘देशका एकथरी जनतालाई राष्ट्रवादी र अर्कोलाई अराष्ट्रवादी कित्तामा राखेर हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ।’
'आफू अब्बल दर्जाको राष्ट्रवादी र अर्को अराष्ट्रवादी भन्ने आँखाबाट होइन, प्रगतिशील राष्ट्रवादको दृष्टिले हेर्न अाग्रह छ,’ पत्रमा भनिएको छ ‘आफ्नो क्षणिक स्वार्थका लागि कहिले कसैका सामु लम्पसार पर्ने र कहिले एक अर्काका विरुद्ध एक अर्कालाई उभ्याउने बचकना व्यवहारबाट मुक्त हुँदै स्वाधीनता, स्वतन्त्रता र समानताका आधारमा दुई विशाल छिमेकीहरूबीच यो वा त्यो राष्ट्रको निर्भरता वा परनिर्भरताका आधारमा होइन, अन्तरनिर्भरताका आधारमा राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राख्दै व्यवहार गर्ने अावश्यक छ।'
मधेसी, थारु, आदिवासी जनजाति लगायतका माग र असन्तुष्टि बेलैमा सम्बोधन गर्न ध्यानाकर्षण गराइएको छ। पत्रमा अहिले देखिएको महंगी,उपभोग्य सामाग्रीको अभाव र कालोबजारी नियन्त्रण गर्न अाग्रह गरिएको छ।