काठमाडौं-प्रधानमन्त्री केपी शर्मा अोलीले मधेसी मोर्चासँगको वार्ता सकारात्मक बिन्दुमा टुंगिने बताएका छन्। उनले दुबैपक्षको वार्ताबाटै समस्या समाधान खोज्नेमा विश्वास कायम रहेको उल्लेख गर्दै राजनीतिक तहबाट घरेलु विवाद सुल्झने विश्वास व्यक्त गरे।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा नागरिक अगुवाहरुले बुझाएको 'स्मरणपत्र' बुझ्दै प्रधानमन्त्री अोलीले केहीदिनको तयारी पछि वार्तामा बस्ने पूर्व सहमति अनुसार नै पुनः वार्ता हुने बताए। सरकारी वार्ता टोली संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा जेनेभाबाट फर्किसकेको र वार्ताको वातावरण बनाउन सरकार जुटेको प्रधानमन्त्रीले टोलीलाई जानकारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए। ‘केहीदिनको तयारी र सरकारी टोली संयोजक जेनेभा जानु पर्ने भएकोले वार्ता स्थगित थियो,’ दाहालले भने ‘अब फेरी वार्तामा बसेर अान्तरिक रूपमै समाधान खोज्नेमा प्रयास भैरहेको प्रधानमन्त्रीज्युले जानकारी गराउनु भयो।’
भारतले किन यस्तो नाकाबन्दी गरेको भन्ने स्पष्ट नभएको भन्दै अोलीले अाश्चर्य व्यक्त गरेका थिए। भारतीय तर्फबाट नाकाबन्दी हुनुको कारण मधेस अान्दोलन बताइए पनि भित्रि कारण बुझ्न नसकेको प्रधानमन्त्रीले टोलीलाई बताएका थिए। ‘देश सानो वा ठूलो हुन सक्छ तर देशको सार्वभौमिकता र स्वाधिनता समान हुन्छ,’ प्रधानमन्त्रीले टोली समक्ष धारणा राखेका थिए–‘एकदेशले अर्को देशको सार्वभाैम अस्तित्व स्विकार्नु पर्छ।’
स्मरण पत्र बुझाउन गएको टोलीले मधेसको समस्या राजनीतिक तहबाट र भारतसँगको समस्या कुटनीतिक तहबाट समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको थियो।
स्मरण पत्रमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइसहित दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, विद्याधर मल्लिक,कृष्ण हाथेछु,तुलाराम शाह,खगेन्द्र संग्राैला,युग पाठक,खिमलाल देवकोटा,मल्ल के सुन्दर,पासाङ शेर्पा लगायतले हस्ताक्षर गरेका छन्।
पत्रमा संविधानमा संसोधन गरेर अान्दोलनरत दलहरूका उचित माग सम्बोधन गर्न अाग्रह गरिएको छ। पत्रमा छ-'अधिकारका लागि भएका अान्दोलनलाई राजनीतिक वार्ताको माध्यमबाट समाधान खोज्न ध्यानाकर्षण गर्दछाैं'