काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता सकारात्मक बिन्दुमा टुंगिने बताएका छन्।मोर्चा रसरकार दुवैले वार्ताबाटै समस्या समाधान हुने विश्वास लिएको बताउँदै राजनीतिक तहबाट समाधान खोजिने बताए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा नागरिक समाजकाअगुवाले बुझाएको 'स्मरणपत्र' बुझ्दै प्रधानमन्त्री ओलीले दुवै पक्षबीच केही दिनको तयारी पछि वार्तामा बस्ने पूर्व सहमति अनुसारनै काम हुने बताए। उनले भने,'यसअघिको वार्ता जहाँपुगेर रोकिएको छ,त्यहीँबाट अघि बढ्छ ।'
सरकारी वार्ता टोली संयोजक उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा जेनेभाबाट फर्किसकेको र वार्ताको वातावरण बनाउन सरकार जुटेको प्रधानमन्त्रीले जानकारी दएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।'केही दिन तयारी गर्नुपर्ने भएको र सरकारी टोली संयोजक जेनेभाजानुपर्ने भएकाले वार्ता स्थगित थियो,' दाहालले नागरिकसँग भने, 'अब फेरिवार्तामा बसेर आन्तरिक रूपमै समाधान खोज्ने प्रयास भइरहेको प्रधानमन्त्रीज्यूले जानकारी गराउनुभयो।'
भारतले किन यस्तो नाकाबन्दी गरेको भन्ने स्पष्ट नभएको भन्दै ओलीले आश्चर्य व्यक्त गरेकाथिए। भारतबाट नाकाबन्दी हुनुको कारण मधेस आन्दोलन बताए पनि भित्री कारण बुझ्न नसकेको उनले बताएका थिए। 'देश सानो वा ठूलो हुन सक्छ तर सार्वभौमिकता र स्वाधिनता समान हुन्छ,' उनले भने, 'एकदेशले अर्को देशको सार्वभौम अस्तित्व स्विकार्नुपर्छ।'
स्मरणपत्र बुझाउनगएको टोलीले मधेसको समस्या राजनीतिक तहबाट र भारतसँगको समस्या कूटनीतिक तहबाट समाधानगर्न प्रधानमन्त्रीलाई सुझावदिएको थियो।
श्निबार स्मरणपत्रमा पूर्व प्रधानमन्त्रीबाबुराम भट्टराइसहित दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, विद्याधर मल्लिक,कृष्ण हाछेथु, तुलानारायण साह, खगेन्द्र संग्रौला,युग पाठक,खिमलाल देवकोटा,मल्ल के सुन्दर,पासाङ शेर्पालगायतले हस्ताक्षर गरेका छन्।
पत्रमा संविधान संशोधन गरेर आन्दोलनरत दलका उचितमाग सम्बोधन गर्न आग्रह गरिएको छ। भनिएको छ,'अधिकारकालागि भएको आन्दोलनलाई राजनीतिक वार्ताको माध्यमबाट समाधान खोज्न ध्यानाकर्षण गर्दछौं ।'
स्मरणपत्र बुझाउनगएका मध्ये डा. प्रविण मिश्रका अनुसार प्रधानमन्त्री वार्ताबाटै समाधान निस्कनेमा विश्वस्त देखिन्थे । 'हामीले प्रधानमन्त्रीलाई आफैं वार्तामा बसेर भएपनि चाँडो निकास निकाल्न आग्रह ग¥यौं,' मिश्रले नागरिकसँग भने, 'उहाँले वार्ता र सहमतिमै सरकारको जोड रहेको भन्नु्भयो तर वार्ताकालागि भएका पहल र आफैं वार्तामा बस्नेबारे केही भन्नु भएन ।'
मधेस समस्या र भारतीय नाका बन्दीलाई एकै दृष्टिले नहेर्न आग्रह गर्दै मधेसको समस्या आन्तरिक तहबाट र भारतसँगको समस्या कूटनीतिक तहबाट समाधान गर्न सुझाइएको छ। राज्यबाट अनावश्यक बल प्रयोग हुनु र आन्दोलनकारीबाट अराजकता सृर्जना हुनु दुवै गलत भएको भन्दै थप मुठभेड ननिम्त्याउन स्मरणपत्रमा आग्रह गरिएको छ। 'मधेसको आन्दोलन र भारतीय अघोषित नाकाबन्दीलाई अलग रूपमाबुझ्न जरुरी छ,' पत्रमा लेखिएको छ, 'देशकाएकथरी जनतालाई राष्ट्रवादी र अर्कोलाई अराष्ट्रवादी कित्तामा राखेर हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ।'
मधेसी, थारु, आदिवासी जनजातिलगायतका माग र असन्तुष्टि बेलैमा सम्बोधनगर्न ध्यानाकर्षण गराइएको छ। पत्रमाअहिले देखिएको महँगी,उपभोग्य सामग्रीअभाव र कालोबजारी नियन्त्रण गर्न आग्रह गरिएको छ।