काठमाडौं–सरकारले तराई–मधेसकेन्द्रित दलसँग सहमति भएपछि मात्रै संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेको छ।संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउन सरकार सकारात्मक भए पनि संशोधनको विषयमा छलफल हुनुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले बताए। नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चासँग सहमति गरेर मात्रै संशोधन अघि बढ्ने उनको भनाइ छ।
'संविधानमा रहेका त्रुटि र कमजोरी सच्याउने भनेर राजनीतिक दलले पहिले नै प्रतिबद्धता व्यक्त गरेका हुन्,' सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भने, 'यसलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल आवश्यक छ।'
आइतबारको संसद बैठकमा विपक्षी कांग्रेसले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको संशोधन प्रस्ताव पारित गराउन दबाब दिने र मधेसी मोर्चाले पनि संसदबाटै सशक्त दबाब दिने निर्णय गरेपछि सरकारको यस्तो धारणा आएको हो।
सुशील कोइराला सरकारले दुई बुँदे संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको थियो । संशोधन प्रस्तावमा समानुपातिक समावेशी सिद्धान्त कायम राख्ने र जनसंख्या तथा भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय छन्।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई प्याकेजमै सहमति गर्नुपर्ने बताउँछन्। 'यस विषयमा कांग्रेस र मधेसी मोर्चासँग सहमति भएपछि प्याकेजमै संशोधन हुनेछ,' एमालेका सचिव प्रचार विभागका प्रमुख योगेश भट्टराईले नागरिकसँग भने, 'संविधान पटक–पटक संशोधन गर्ने विषय होइन। आन्दोलनरत पक्षसँग सहमति नगरी संशोधन प्रस्ताव अघि बढ्दैन।'
एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा दर्ता भएको संशोधन प्रस्ताव अघि बढाउन पार्टी सकारात्मक रहेको बताएका छन्। 'आन्दोलनरत पक्षको माग संशोधन गर्ने दलहरुको साझा प्रतिबद्धता हो, त्यसलाई अघि बढाउन समस्या छैन,' पाण्डेले नागरिकसँग भने, 'यस विषयमा संसदको कार्यव्यवस्था परामर्श समितिमा छलफल हुनेछ।'
उपप्रधान र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले कांग्रेसले पेस गरेको संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउन आफूहरु तयार रहेको भन्दै पूर्ण जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउन खोजे मुलुकको सबै संरचना भत्किने चेतावनी दिए। रिपोटर्स क्लबले गरेको साक्षात्कारमा उनले भने, 'यस्तो संसारमा कतै पनि हुँदैन र छैन।'