काठमाडौं- अान्दोलनरत मधेसी मोर्चासम्बद्ध दलसहित अन्य ८ दलका सांसदहरुले व्यवस्थापिका संसद्को अाइतबारको बैठक अवरुद्ध पारेका छन्। संसदमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले बोलेपछि संसद चल्न नदिने भन्दै सांसदहरू रोष्टम घेर्न अघि बढेका थिए।
सरकार मधेसमा जारी अान्दोलन प्रति गम्भीर नरहेको बताए। उनले सरकारले वार्ताको नाटक गरेर अान्दोलनमा दमन जारी राखेको उनले बताए।
संघीय समाजवादी फोरम, तराई-मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), दलित जनजाति पार्टी नेपाल र नेपाली जनता दलका सांसदले रोस्ट्रम घेरा हालेर नाराबाजी गरेपछि सभामुख अोनसरी घर्तीले संसद बैठक स्थगित गरेका थिए।
हेर्नुस् भिडियो र फोटोः

तस्विरः दिनेश गोले