चितवन–न भान्सालाई ग्यास चाहिन्छ नहिड्नका लागि डिजेल पेट्रोलबाट चल्ने गाडी। मोटरबाटोको आवाज पनि हम्मेसी नपुग्ने पहाडी गाउँ स्यामराङमा बस्छन् ७९ वर्षीय झ्यापुराम चेपाङ।दुरदाजमा बस्ने वृद्ध त्यसमाथि चेपाङलाई अहिलेको नाकाबन्दीका बारेमा के वास्ता होला भनेर कसैले भन्छ भने त्यो पुरै गलत हुन्छ। बिहान सवेरैदेखि रेडियो सुनेर बस्ने झ्यापुरामलाई अहिलेको समस्या छर्लङ् थाहा छ । त्यति मात्रै हो र विदेशबाट समान आउन यसरी रोकावट गर्न पाइदैन भन्ने अन्तर्राष्ट्रिय प्रवधान पनि उनलाई थाहा छ। राजाको समयमा त्यो अधिकार लिनका लागि भारतसँग के के सन्धी सम्झौताहरु भए भन्ने पनि उनी भन्न सक्छन्।

सन्धीहरु रहेको किताव देखाउँदै झ्यापुराम चेपाङ
'अहिलेको नेताले राजाले जति काम पनि गरेन छन् क्या हो ? भारतले यसरी समान ल्याउन रोक्नै पाउँदैन । किन केही नगरी बसेछन् नेताहरु,' स्यामराङमा भेट हुँदा झ्यापुराले भने । लोथर गाविस– ७ मा पर्ने पहाडी गाउँ स्यामराङ पुग्न गाडी चलेका बेलामा पनि भण्डाराबाट कम्तिमा चार घण्टा लाग्छ । गाडीबाट झरेर उनको घर जान एक घण्टा बढी ठाडो उकालो चढ्नु पर्छ।
'नेपाल र भारतबीच वाणिज्य र पारावहन सन्धीहरु गर्ने बारे श्री ५ को सरकारले लिएको नीति तथा त्यासको पृष्ठभुमि' भनेर लेखिएको एउटा पुरानो किताव उनीसँग छ। त्यो किताव अहिलेको हैन विस २०४२ सालमा उनले हात पारेका हुन्। नाकाबन्दी सुरु भएपछि उनले त्यो किताव खोजे भेटाए । त्यसमा भएका प्रवधानहरु पढेपछि उनी भन्छन्, 'भारतले गर्नै नपाउने काम गर्दा पनि किन बोल्दैनन् अहिलेका नेताहरु।'
सो कितावको लगभग अन्तिम पेजमा भनिएको छ, 'विभिन्न अन्तर्राष्ट्रिय कन्भेन्सन र सम्झौताहरु द्वारा भूपरिवेष्टित मुलुकलाई पारावाहन मुलुकले निर्वाध तवरबाट वस्तु वसार पसार गरी समुन्द्र बन्दरगाहासम्म र बन्दरगाहबाट ल्याउउन लान पाउने सुविधा दिनु पर्ने व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय व्यपारका लागि प्रतिपादन भएको यो अधिकार र पारवाहन सुविधा निन्न भन्न पारवहन मुलुकले पाउँदैन।'
यस्तो कुरा अहिलेका नेताहरुले कडा रुपमा नउठाएको भनेर उनी दुःखी छन्। उनले पाएको कितावमा विस २००८ साल साउनमा भएको वाणिज्य तथा व्यपार सन्धी, २०१७ साल भदौमा भएको वाणिज्य तथा पारवहान सन्धी, २०२८ सालको व्यपार तथा वाणिज्य सन्धी र २०५३ सालमा भएको त्यस्तै प्रकारको सन्धी छ। यी सवै सन्धी भारतसँग भएका थिए।
विस २०२६ सालमा गाउँको उपप्रधान पञ्च, त्यसपछि २९ सालयता चार पटक प्रधानपञ्च भएका झ्यापुराप पञ्चायत र बहुदलकालमा गरेर तीन पटक जिल्ला पञ्चायत र जिल्ला विकास समितिको सदस्य भए। विस २०४२ सालमा जिल्ला पञ्चायत सदस्य हुँदा उनले सो किताब पाएका हुन्।
भारतका सवै समुन्द्री बन्दरगाह नेपालले पारवहानका लागि उपयोग गर्न पाउने भनेर विस २००८ सालको वाणिज्य तथा व्यपार सन्धीमा नै उल्लेख भएको छ भन्छन् झ्यापुराम । ३५ सालयता नेपालले वाणिज्य र पारवहन सन्धी अलग अलग गर्ने नीति लिएको थियो। त्यसैलाई प्रष्ट्याउन पञ्चहरुलाई किताव बाँडिएको थियो।
भारतबाट महङ्गो र कम गुणस्तरको सामान किन्नभन्दा तेस्रो मुलुकबाट बलियो समान कम मुल्यमा किन्ने नीति नेपालले लिएको कितावमा उल्लेख छ। देशमा आयात प्रतिस्थापन गरेर निर्यात बढाउन र स्वाबलम्बी अर्थ व्यवस्था निर्माणमा सहयोग गर्न पारवहन सन्धी आवश्यक भएको जोड दिइएको थियो।
'वस्तुको भाउ र अन्य व्यपाररिक सर्त सुविधा नमिलेमा क्रेता तथा बिक्रेताले व्यपार नगरे पनि हुन्छ । तर भूपरिवेष्टित मुलुकले पारवहन सुविधा नपाएमा अन्तर्राष्ट्रिय व्यपार नै हुन सक्दैन । त्यसैले व्यपार र पारवहान फरक कुरा हुन,' वाणिज्य तथा पारहन सन्धी फरक गर्नु पर्ने आवश्यकताको बारेमा कितावमा उल्लेख छ। राजतन्त्र कालमा लिइएको यस्तो होसियारी अहिले किन आएन भन्छन् झ्यापुराम।