काठमाडौं— विदेशी भूमिमा नेपालको झन्डा र राष्ट्रिय गानको शपथ खाएर खेल मिलेमतो गरी राष्ट्रिय एकतामा खलल पुराएकाे भनेर राज्यविरूद्धकाे अभियाेग लागेका पाँच खेलाडीलाइ बयानका लागि विशेष अदालत उपस्थित गराइएकाे छ। बबरमहल स्थित विशेष अदालत खेलाडीकाे बयान जारी छ।राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, रितेश थापा, विकाससिंह क्षत्री र अञ्जन केसीलाई बयानका लागि बबरमहल स्थित विशेष दालत पुराइएकाे हाे।
बयान सकिएपछि थुनछेक बहस सुरु हुने बताइएकाे छ। म्याच फिक्सिङ प्रकरणको अभियोग लागेका फुटबलकाे राष्ट्रिय टोलीका फिजियो थेरापिस्ट डेविज थापा भागेर अमेरिका पुगेका छन्। उनी फरार रहेकाे भनेर कारवाही अघि बढाइएकाे छ।
खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै सरकारी वकिलको कार्यालयले राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएको छ। अदालतले कसुर ठहर गरे खेलाडीहरुलाई जन्मकैद हुनेछ।
खेल मिलेमती गरेबापत प्रतिखेलाडी ५ हजार डलरसम्म लिएको देखिएको प्रहरी दाबी छ। २२ अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी उनीहरुले राष्ट्रिय एकतामा खलल पुराएकाे अभियोग प्रहरीले लगाएको छ।
सन् २००८ बाट खेलिएका अन्तर्राष्ट्रिय खेल मिलेमतो प्रकरणमा असोज २७ गते पाँच खेलाडी पक्राउ परेका थिए।