काठमाडौं-प्रधानमन्त्री केपी शर्मा अोलीले मंगलबार देशवासीको नाममा गर्ने भनिएको सम्बोधन सरेर तिहार पछि हुने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकारले संक्षिप्त प्रेस नोटमा उल्लेख गरेका छन्– ‘सम्माननीय प्रधानमन्त्रीज्यूले देशबासीका नाममा निकट भविष्यमा अर्थात् तिहार बिदापछि सम्बोधन गर्नुहुने जानकारी गराउदछु।’
प्रधानमन्त्री भएको एकमहिना पूरा भएको सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन अाउने बताइएको थियो।
भारतले लगाएको नाकाबन्दी, मधेस अान्दोलन, इन्धन लगायत अत्यावस्यक उपभोग्य सामग्रीको अभाव र ठूला चाडपर्वको सन्दर्भासमेत समेटेर प्रधानमन्त्रीको सम्बोधन हुने अपेक्षा थियो। यसअघि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले जनाए अनुसार नेताहरूबीच छलफल गरेर सम्बोधनबारे टुंगो लगाउने बताएका थिए।