चितवन–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भारतले गरेको अघोषित नाकाबन्दी अमानवीय काम भएको बताएका छन्।नेपाल प्रेस युनियन चितवन शाखाले मंगलबार बिहान नारायणगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले भने, 'भूकम्पको पीडामा रहेका नेपालीमाथि नाकाबन्दी गरेर थप पीडा थप्ने काम चरम अमानवीय हो । यसो गर्दा अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन भएको छ ।'
नेपालको आन्तरिक राजनीतिलाई बाहना बनाएर भारतले पारवहन सुविधा रोक्न नहुने उनको भनाइ थियो । 'भारतीय मालवाहक साधनको सुरक्षा हाम्रो जिम्मेवारी हो । हामीले त्यो हुन्छ भनेकै छौं । तर चालकको सुरक्षालाई बाहना बनाएर भारतले अघोषित रुपमा नाकाबन्दी गर्नुको भित्रि कारण के हो ? मेसो पाउन सकिएको छैन,' नेता पौडेलले भने।
नाकाबन्दी खुलाउन सरकारले गरेको प्रयास भारतले नसुनेको उनले बताए । 'नेपाल सरकारले प्रयास गरे पनि भारतले सुनेको छैन । यताको सरकार नाकाबन्दी खुलोस भन्ने चाहन्छ उताको सरकारको चाहना पनि त्यही हुनु प¥यो । नाकाबन्दी लम्बिनु कसैको हितमा छैन,' पौडेलले भने । आयतका लागि सरकारले चीनसँग सुरु गरेको सहकार्यको पनि पौडेलले उचित भएको टिप्पणी गरे ।
'एकतर्फ मात्रै भरपर्न हुँदैन थियो । पहिला काम हुन सकेन । अहिले सरकारले चीनसँग व्यपारिक नाका खुलाउने जुन पहल गरेको छ त्यो उचित हो,' पौडेलको भनाइ थियो । मधेसी समुदायको माग पुरा गर्न नेपाली काँग्रेसले समन्वयकारी भूमिका खेल्ने पौडेलको भनाइ थियो । उनले जनकपुरमा बसेर झापा मोरङ पनि मधेस प्रदेशमा राख्नु पर्छ भन्ने माग उचित नभएको बताए ।
'झापा मोरङ सुनसरीका जनता अहिलेको सीमाकंनमा सन्तुष्ट छन् । सप्तरीमा पनि बरु उतै पुर्व तर्फ लाग्छौं भनेका छन् । तर जनकपुरमा बसेर पुर्वमा जिल्ला पनि यतै मिलाउँ भन्ने माग राख्नु ठिक होइन,' उपसभापति पौडेलले भने । उनले सीमांकनको विषयमा एक मधेस एक प्रदेश जसरी नै जातीय प्रदेश पनि स्वीकार्य नहुने बनाए । तराइमा थारु समुदायले पनि प्रदेश मागेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्।
'यो संविधान उत्कृष्ट छ । केही कुराहरु स्पष्ट पार्न आवश्यक परेको हुँदा संसोधन पनि गर्ने भनेका छौं । त्यसैले अब सहमतिमा आएर मुलुको उन्नतिका लागि अगाडी बढ्नु पर्छ,' आन्दोलनरत मधेसी समुदायलाई नेता पौडेलको अपिल थियो । पार्टीको राष्ट्रिय महाधिवेशन हुन गइरहेको सन्दर्भमा बोल्दै नेता पौडेलले आउँदो महाधिवेशनमा आफू सभापति पदको मुख्य दावेदार रेहेको बताएका थिए।