काठमाडौं–भारतीय राजदूत रणजीत रायले काठमाडौंमा भन्दा तराइमा धेरै समस्या रहेको बताएका छन्। कडा सुरक्षाबीच रिपाेर्टर्स क्लब पुगेका उनले तीन महिनादेखि तराइमा आन्दोलन जारी रहेको भन्दै काठमाडौंभन्दा तराइमा बढी पीडादायी अवस्था रहेकाे उल्लेख गरे। 'यो नेपालको आन्तरिक कारण उत्पन्न भएको समस्या हो,' उनले भने,'नेपालले जति चाँडो आन्तरिक समस्या समाधान गर्छ, त्यति नै चाँडो आपूर्ति सुचारु हुन्छ।'
नाकाबन्दी कहिले खुल्छ भन्ने प्रश्नमा राजदूत रायले रक्सौल–वीरगंज नाका नखुल्दासम्म नेपालमा आपूर्ति व्यस्वथा सहज हुन नसक्ने बताए। 'अन्य नाकाबाट ३० प्रतिशत मात्र आपूर्ति हुन्छ,' उनले भने,'पूर्ण रुपमा आयात गर्न रक्सौल नाको अवरोध हट्नुपर्छ।' प्रधानमन्त्रीले केही दिनमा नै नाकाबन्दी खुल्ने संकेत पाएको भन्ने अभिव्यक्ति प्रति लक्षित गर्दै राजदूत रायले त्यो प्रोपोगाण्डा मात्र भएको उल्लेख गरे। भारत नेपालकाे दुश्मन नभएकाे उल्लेख गर्दै उनले भने, व्याकअफ इन्डिया लेखेर तपाइहरूले के पाउनु हुन्छ? यसले त दुवै देशलाइ राम्राे गर्दैन।'
रिपाेर्टर्स क्लबकाे पाेडियममा बाेलिरहँदा टाइशुट लगाएका भारतीय सुरक्षाकर्मीले पहरा दिएका थिए। याे बाहेकपनि नेपाली सुरक्षाकर्मीले उनलाइ सुरक्षा प्रदान गरेका थिए। नाकाबन्दी लगाएपछि दूतावास बाहिर अाएर भारतीय राजदूतले सार्वजनिक अभिव्यक्ति दिएकाे याे पहिलाे पटक हाे।
भिडियोः

भिडियोः सुजन ढुंगाना