रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले गरुडा नगरपालिकालाई विस्तारै प्लास्टिक मुक्त नगरपालिका बनाइने बताएका छन्।
गरुडा नगरपालिकाको सातौँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नगर प्रमुख कलवारले पहिलो चरणमा गरुडा नगरपालिकाका सबै सरकारी कार्यालय तथा होटलहरुमा चियामा प्रयोग हुने प्लास्टिकको कपमा साउन १ गतेदेखि रोक लगाइने बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहले गरुडा नगरपालिकाले जनताको मन छुने कार्यक्रम ल्याउनु पर्ने र सम्भव भएसम्मको सहयोग आफूले गर्ने प्रतिबद्धता जनाएका छन्।
नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई समेटर बजेट ल्याएको छ। नगरपालिकाले कृषिको उत्पादन बढाउन कृषि विमा तथा पशु बिमाको सुरुआत गरेको छ। कृषक तथा पशुपालकलाई सुविधा दिन र कृषिको निर्यात बढाउनको लागि नगरपालिकाले आगामी आर्थिक वर्षको लागि पर्याप्त बजेट छुट्याएको बताएका छन्। नगरपालिकाले आगामी आर्थिक वर्षको लागि करिब ५७ करोड रुपैया बजेट विनियोजन गरेको छ।
यसैबीच नगरसभामा नगर प्रमुख कलवारले नागरिककर्मी मदन ठाकुरलाई सम्मानित गरेका छन्। सकारात्मक समाचार प्रवाह गरिरहेको र सर्वसाधारण जनताको पक्षमा आवाज उठाउँदै सचेत बनाइरहेको भन्दै नगर प्रमुख कलवारले नागरिककर्मी ठाकुरलाई सम्मानित गरेका हुन्।