चितवन- एनेकपा (माओवादी) चितवनले आफ्ना चारजना नेतालाई पार्टीबाट निस्कासन गरेको छ । बाबुराम भट्टराईको पक्षमा लागेको भनेर चितवन एमाओवादीको बुधबार सम्पन्न बैठकले पार्टीका दुईजना जिल्ला नेता, एकजना जिल्ला परीषद सदस्य र एकजना नगर स्तरीय नेतालाई कारवाहीको निर्णय गरेको हो ।संविधान घोषणा भएसँगै एमाओवादी त्यागेका भट्टराई हिजो मंगलबार मात्रै चितवन आएका थिए ।
'बाबुराम भट्टराईको पार्टी परित्यागसँगै कथित नयाँ शक्ति निर्माणको अभियानमा सरिक भइ पार्टी र नेतृत्वको विरोध गर्नुका साथै पार्टीको निर्णय र निर्देशन विपरित पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले निस्कान गरिएको हो' पार्टीका जिल्ला अध्यक्ष यमबहादुर परियारले बुधबार जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ । पार्टीले जिल्ला सदस्य तथा पूर्व जिल्ला सचिव रमेश रेग्मी र विष्णुहरी तिमिल्सिनालाई निश्कासन गरेको छ ।
त्यस्तै जिल्ला परीषद सदस्य उमाकान्त चापागाई र भरतपुर उपमहानगरपालिका वडा नं. ४ का वडा समितिका अध्यक्ष कमलप्रसाद आचार्यलाई पनि निश्कासन गरेको पार्टी जिल्ला समितिका अध्यक्ष यमबहादुर परियाले निकालेको विज्ञप्तीमा उल्लेख छ ।