काठमाडौं- नागरिक अगुवाहरुको एक टोलीले नाकावन्दी खुलाउन राजनीतिक भेटघाट सुरु गरेको छ। नाकाबन्दी खुलाउने, तराई-मधेसमा जारी आन्दोलनलाई बार्ता र सम्वाद मार्फत समाधान गर्न पहल गर्न अनुरोध गर्दै नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, पीताम्वर शर्मा सहितको टोलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको हो।भेटमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत थिए।
उनीहरुले देशमा जारी समस्याको सकारात्मक ढंगबाट समाधान खोज्न दाहाललाई आग्रह गरेका थिए।
नागरिक अगुवाहरुले सरकार, आन्दोलनकारी र आवश्यक परेमा अन्तराष्ट्रिय समुदायसँग पनि भेटेर कुरा गर्ने बताएका छन्।
उनीहरुले देशमा जारी समस्याको सकारात्मक ढंगबाट समाधान खोज्न दाहाललाई आग्रह गरेका थिए।
नागरिक अगुवाहरुले सरकार, आन्दोलनकारी र आवश्यक परेमा अन्तराष्ट्रिय समुदायसँग पनि भेटेर कुरा गर्ने बताएका छन्।