काठमाडौं- दोस्रो विश्वयुद्धपछि फ्रान्समा भएको सबैभन्दा ठूलो हमलाको नेपाल सहित विश्वभरबाट भर्त्सना भएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, चिनियाँ राष्ट्रपति सी जिंगपिंग लगायतका विश्व नेताहरुले पेरिस हमला मानवतामाथिको आक्रमण भन्दै फ्रान्सलाइ जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्समा भएको आतङ्कवादी हमलाको भत्र्सना गरेकी छिन्। राष्ट्रपति भण्डारीले उनकी समकक्षी फ्रान्सिस होल्यान्डलाई सन्देश पठाई शोकको यस घडीमा नेपाल सरकार र नेपाली जनता फ्रान्स सरकार र फ्रान्सेली जनताको साथमा रहेको उल्लेख गरिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली राष्ट्रपतिलाई एक समवेदना सन्देश पठाउँदै फ्रान्सेली जनताका लागि आइपरेको यो संकटको घडिमा नेपाल साथै रहेको उल्लेख गरे।
'यो आक्रमण फ्रान्सेली जनताविरुद्ध मात्र नभएर सदियौंदेखिको खुला, लोकतान्त्रिक र सभ्य समाजविरुद्धको पनि आक्रमण हो', प्रधानमन्त्री ओलीले समवेदना सन्देशमा भनेका छन्। प्रधानमन्त्रीको आधिकारीक ट्विटरमा समेत घटनाको निन्दा गरिएको छ।
परराष्ट्रमन्त्री कमल थापाले पेरिसमा नेपाली सुरक्षित रहेको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन् 'पेरिस स्थित नेपाली दुतावासका अनुसार त्यहाँ नेपालीहरु सुरक्षित छन्। हामी निरन्तर सम्पर्कमा छौं', उनले भनेका छन्, 'हमलाले हामीलाई स्तव्ध बनाएको छ। आतंकवादी हमलाको कडा शब्दमा भर्त्सना गर्दछौं। फ्रान्सेली जनताको भगवानले रक्षा गरुन्।'
एमाओवादी उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आतंकवाद कुनै समाधान नभएको बताउँदै आक्रमणको भर्त्सना गरेका छन्। उनले समवेदना समेत प्रकट गरेका छन्।
पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महतले पेरिसमा भएको आतंकवादी हमलालाई मानवतामाथिकै आक्रमण भएको बताउँदै कडा भर्त्सनाको गरेका छन्।
एमाले सचिव योगेश भट्टराईले घटनाको विरोध गर्दै भनेका छन्, 'आतङ्कबादको न कुनै वर्ग जात धर्म लिंग हुन्छ नकुनै सिद्धान्त! मानाबतामाथि धावाबोल्नु त्यसको कर्महो। त्यसले फ्रान्समा आफ्नो चर्तिकला देखाएको छ।'
कांग्रेस नेता गगन थापाले अतिवादीहरुको निर्दोषहरु माथि गरेको कायरतापूर्ण आक्रमण भएको बताएका छन्।
यस्तै एमाले युवा नेता रविन्द्र अधिकारीले यस्तो आतंककारी आक्रमणको जति निन्दा गरेपनि कमै हुने बताएका छन्।
पेरिसमा भएकाहरुलाई फेसबुकले 'आइएम सेभ' ट्याग सुविधा दिएको छ। न्युयोर्क स्थित वर्ल्ड ट्रेड सेन्टरमा फ्रान्सको झण्डाको रङमा लाइट दिएको छ।

सोसल मिडियामा #ParisAttacks, ##PrayForParis जस्ता ट्रेन्डिङ चलेका छन्।
याे पनि