काठमाडौं–उच्चस्तरीय राजनीतिक संयन्त्र र मधेसी मोर्चका शीर्ष नेताबीच आज वार्ता हुने भएको छ। मधेसी मोर्चाका अध्यक्षसँग वार्ता गर्ने तयारीमा रहेको संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।सरकारी वार्ता टोलीले मधेसी मोर्चाको माग पहिचान गरेको भन्दै शीर्ष तहमा वार्ता हुनुपर्ने मोर्चाले माग गरेपछि राजनीतिक तहमा वार्ता हुन लागेको फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले जनाए। सीमाकंनलगायतका माग राखेर तीन महिनादेखि मधेसी मोर्चाले तराइ बन्द र नाकाबन्दी गर्दै आएको छ।
मोर्चाको मागका विषयमा छलफल गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल भइरहेको छ। सो संयन्त्रमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई पनि सहभागी गराइने भएको छ। संयन्त्रले मोर्चासँगको बैठकमा साझा धारणा बनाएर प्रस्तुत हुने तयारी गरेको छ। संयन्त्र र मोर्चाका नेताबीच आज दिउँसो वार्ता हुने तय भएको छ।