जनप्रतिनिधिलाई लोभ र परिवारवादबाट मुक्त हुन उपसभापति खड्काको निर्देशन
१२ असार २०७९
•
३ मिनेट पाठ
जनप्रतिनिधिलाई लोभ र परिवारवादबाट मुक्त हुन उपसभापति खड्काको निर्देशन
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई व्यक्तिगत लोभ र परिवारवादबाट मुक्त भएर जनता र मतदाताको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।  




उपसभापति खड्काले स्थानीय सरकार जनताको सुख–दुःखको साथी भएकाले जनताका दैनिक समस्या र पीरमर्कालाई सम्बोधन गर्ने गरेर काम गर्नुपर्ने बताए ।  

खड्काले पार्टीको चुनाव चिन्हबाट जितेका जनप्रतिनिधिहरुलाई एक्लै हिँड्ने छुट नभएको पनि बताए । ‘पार्टीलाई विर्सिएर एक्लै हिँड्न खोज्नु भयो भने भोलिको तपाईँको राजनीति समाप्त हुन्छ नै जनता र मतदातासँग पार्टीले गरेका प्रतिवद्धताको पनि अवमूल्यन हुन्छ,’ आइतबार सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजना गरिएको बधाई–शुभकामना तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘कुनै निर्णय लिनुअघि आफू यहाँसम्म कसरी पुगेँ भन्ने ख्याल गर्नुहोला ।’  

उपसभापति खड्काले रुख चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका उम्मेदवारलाई जिताउनका लागि अहोरात्र खट्ने, पसिना बगाउने नेता तथा कार्यकर्ता र जिताउने मतदाताहरुलाई जनप्रतिनिधिहरुले दिल र दिमागमा राखेर काम गर्नुपर्ने बताए । ‘जनप्रतिनिधिका हैसियतले निर्णय दिँदा, कलम चलाउँदा सिंगो पार्टीपंती, निर्वाचनमा खटिएका नेता–कार्यकर्ता र मतदाताहरुलाई दिल र दिमागमा राखेर काम गर्नुभयो भने त्यहाँ तपाईँहरुको गल्ती हुँदैन्,’ उपसभापति खड्काले भने ।  

खड्काले जनप्रतिनिधिहरु धनको लोभ, नातागोता र व्यक्तिवादी हुँदा निर्णय गर्दाताका दायराहरु साँघुरा हुँदै जाने बताउँदै त्यसले आफ्नो र पार्टीको सुन्दर भविश्यमा ठेस पुर्‍याउने बताए । उनले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने बताए । ‘कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई राम्रो बोलीबचन दिनुहोस्, सेवाग्राही कार्यकक्षमा आउँदा कुर्सीबाट उठेर दुबै हात जोडेर नमस्कार गर्नुहोस्,’ खड्काले भने, ‘जनताको शासक होइन्, सेवक भएर काम गर्नुहोस् ।’

उपसभापति खड्काले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको काँधमा नवीन जिम्मेवारी र उद्देश्य थपिएको बताउँदै सोही अनुसार कार्य गर्न पनि आग्रह गरे । ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरे पार्टीप्रति जनताको विश्वास बढ्छ, स्थानीय सरकारप्रतिको भरोसा बढ्छ,’ उपसभापति खड्काले भने, ‘आफूलाई निर्वाचित गराएका जनताले पछुताउनुपर्ने अवस्था आउन नदिनेतर्फ सधैं सचेत हुनुहोस् ।’  

निर्वाचित जनप्रतिनिधि र पार्टीबीच फरकपन देखिएको बताउँदै पार्टी केन्द्रले निर्वाचित जनप्रनिधिहरुका लागि आचारसंहिता जारी गर्न लागेको उनले बताए । ‘निर्वाचित जनप्रतिनिधिहरु एकातिर र पार्टी अर्कोतिर हुने विगतमा देखिएको छ,’ उनले भने, ‘जनप्रतिनिधिहरुलाई पार्टीप्रति जवाफदेही बनाउनका लागि आचारसंहिता जारी गर्दैछौं ।’

खड्काले निर्वाचनमा पराजीतहरुलाई अझ सक्रिय भएर पार्टी र जनताको काममा लाग्न निर्देशन दिए । ‘हारेका साथीहरुले सोही गाउँको छाया सरकारका रुपमा पाँच वर्ष क्रियाशिल हुनुहोस्, जितेकाहरु भन्दा अझ धेरै जनताप्रति जवाफदेही हुनुहोस्, जनताको दुःख शुखमा साथ दिनुहोस्,’ उनले भने, ‘पाँच वर्ष जनताको मन जित्नुहोस्, अर्को पटक जनताले मत दिनुहुनेछ ।’
अर्को समाचार
आधुनिक शहर बनाएर नयाँ पुस्तालाई नासोका रूपमा हस्तान्तरण गर्छौं: उपप्रधानमन्त्री खड्का
०८ वैशाख २०८०
•
२ मिनेट पाठ
आधुनिक शहर बनाएर नयाँ पुस्तालाई नासोका रूपमा हस्तान्तरण गर्छौं: उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २० वर्षपछि भेरी किनारमा नमूनाको आधुनिक निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताएका छन्।




शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिकामा भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर परियोजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ पुस्तालाई भेरी नदी किनारमा सुन्दर बस्ती बसाएर नासोका रूपमा हस्तान्तरण गर्ने बताएका हुन्। उनले स्थानीय  नागरिकहरूसँग छलफलपछि मन्त्रिपरिषद्ले गुरूयोजनालाई कानुनको रूप दिने बताए।

सरकारले आर्थिक वर्ष ०६८/०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक शहर निर्माणको घोषणा गरेपनि झण्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको हो।

रक्षा एवम् कानुन,न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका खड्काले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माणको काम अघि बढिरहेको बताए। उनले गुरूयोजना अनुसार तीन तहका सरकारले भेरीगंगा उपत्यकामा आधुनिक शहर बनाइने बताए।

उनले नयाँ शहरमा सबै किसिमका सुविधा नागरिकहरूलाई उपलब्ध गराइने बताए। 'मानिसको जीवनमा सबै खालका सुविधा र अवसरहरू यो शहरबाट उपलब्ध गराउने उद्देश्य हामीले लिएका छौं,' उनले भने, 'देशका अन्य क्षेत्रले भेरी किनारको नयाँ शहरबाट सिक्ने र आफ्नो क्षेत्रमा लागू गर्न सक्ने बनाउँछौं।'

उनले स्थानीय तहलाई गुरूयोजना अनुसार काम गर्न निर्देशन दिए। 'विकास निर्माणका कामहरू गर्दा कम्तिमा एक सय वर्षलाई सोचेर स्थानीय तहहरूले काम गर्न जरूरी छ,' उनले भने, 'अहिले स्थानीय तहले गरेका विकास(निर्माणका कामहरू दीर्घकालीन छैनन्।'  

उनले भेरी किनारमा निर्माण हुन लागेको नमूनाको आधुनिक शहरका लागि बजेटको अभाव नहुने बताए। 'आधुनिक शहरका लागि स्वदेशी मात्रै होइन्, विदेशबाट पनि स्रोत जुटाउँछौं,' उनले भने, 'बजेट अभावका कारण आधुनिक शहर निर्माणको काम रोकिदैन्।' 

भौतिक पूर्वाधार शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माण अन्तिम चरणमा रहेको बताए। उनले २१०० सालभित्रमा आधुनिक शहर निर्माणका कामहरू सम्पन्न हुने बताए। उनले नेपालमा बन्दै गरेका नयाँ शहर मध्ये भेरीगंगा नमूनाको शहर ११ ओैं शहर भएको बताए। 'अरू १० वटा नयाँ शहरको कार्यालय स्थापना गरेर काम गरिरहेका छौं,' उनले भने, 'नयाँ शहरको ११ ओैं कार्यालय स्थापना गरेर ओैपचारिक काम सुरू गरेका छौं।'

सहसचिव अधिकारीले पहाडी जिल्लाबाट तराईमा हुने बसाइँ सराई रोक्नका लागि भेरी नदी किनारको आधुनिक शहर महत्त्वपूर्ण हुने बताए। 'पहाडी जिल्लाहरूमा जनसंख्या कम छ, बसाइँ सराइ बढ्दो छ,झ उनले भने, ञयसको सन्तुलन मिलाउन भेरी किनारमा बन्ने नयाँ शहरले महत्त्वपूर्ण भूमिका खेल्नेछ।'

नयाँ शहर योजनाले भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेट्ने छ। सहसचिव अधिकारीले तीन वटै पालिकासँग समन्वय र सहकार्य गरेर काम गर्ने बताए। 'यो नेपालकै ठूलो शहर आयोजना हो,' उनले भने, 'अरू नयाँ शहरजस्तो सानो भूगोलमा बन्ने खालको होइन्।'  

भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यका अनुसार ४० अर्व हाराहारीको लागतमा नयाँ शहर बन्नेछ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस