सन्तोष पोखरेल, पोखरा, पुस २८- एमाले अध्यक्ष झलनाथ खनालले हत्या, हिंसा, कुटपिट जस्ता आपराधिक गतिविधि कायम राखिरहे एकीकृत नेकपा माओवादी पार्टीको विघटन अनिवार्य रहेको बताएका छन।
'कुटपिटविरुद्धको चरित्र कम्युनिष्ट चरित्र हुँदैन, यस्ता चरित्र नसच्चाए माओवादीको विघटन अनिवार्य छ', अध्यक्ष खनालले भने- माओवादीमा उग्रवामपन्थी चरित्र छ्यापछ्याप्ती पाइएको छ, जसले गर्दा कुटपिट, हत्या हिंसा भइरहेको छ।'
एमाले कास्कीको आठौं अधिवेशनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष खनालले माओवादीभित्र गलत विचार मात्र नभई उनीहरुभित्र आपराधिक गतिविधि र जत्था रहेको बताए। …माओवादीले अपराध गर्न मात्र जानेका छन र नै आक्रमण जारी राखेका छन' खनालले भने।
केही दिन अघि पोखरामा अनेरास्ववियूका विद्यार्थीहरुमाथी भएको माओवादी आक्रमणको प्रसंग कोट्याउँदै अध्यक्ष खनालले माओवादीमा कुटपिटको चरित्र हावी रहेको बताए। …माओवादीमा कुटपिटको मनोवृत्ति छ, मान्छेको हत्या गर्न उनीहरु अग्रसर हुन्छन' अध्यक्ष खनालले भने, …उग्रबामपन्थलाई नपछारी नेपालका कम्युनिष्ट अघि बढ्न सक्दैनन।' कोठामा बसिरहेको बेलामा जत्थासहित कुटपिट गर्न माओवादी अग्रसर हुन्छन' उनले भने।
उनले माओवादी पार्टिमा सामन्तवाद हावी भएकोले आपराधिक गतिविधि कायम रहेको बताए। …माओवादीले आपराधिक गतिविधि जारी राखेकोले नै एमालेले युथफोर्स गठन गर्नुपरेको हो' अध्यक्ष खनालले भने, …यस्तै सामन्ती बिचारले गर्दा आपराधिक काम गर्न उनीहरुलाई सजिलो भएको हो।'
खनालले माओवादीको बिचार, कार्यशैली, कार्यपद्दती र राष्ट्रलाई हेर्ने बिचारमै अराजकता रहेको आरोप लगाए। …माओवादीको अराजकताबादको सामना गर्नुपर्ने बेला भएको छ' खनालले भने।
उनले राष्ट्रको विखण्डन गर्ने कारक तत्व नै माओवादी रहेको बताए। …माओवादीले जातियताको आधारमा राज्य पुर्नसंरचना गरेर विखण्डन गर्न लागीपरेको छ, त्यो हुनुहुँदैन' उनले भने, …माओवादी कदम विरुद्ध होसीयार भई राज्य पुर्नसंरचना गर्नुपर्छ।'
माओवादीका नेताहरुले सिमाक्षेत्रको अवलोकन गरेको सन्दर्भ उठाउँदै एमाले अध्यक्ष खनालले राष्ट्रिय एकता कालापानी गएर नजोगिने बताए। …कालापानी दौडेर कोही बहादुर हुँदैन र नेपालको समस्या समाधान पनि हुँदैन' खनालले भने, …सबैसँग सहमति गरेर सहकार्य गर्नुपर्छ, अनि समस्या समाधान हुन्छ।'
खनालले बन्दुकको नालको भरमा सत्ता आफ्नो हातमा आउँछ भन्ने मानसिकतामा नरहन माओवादीलाई आग्रह समेत गरे। …बिहानै उठेर बन्दुकको नाल हेर्ने बानी परेको माओवादीले अहिले पनि बन्दुकको भरमा सत्ता कब्जा गर्न चाहेको होला' उनले भने, त्यो पुरा हुँदैन।'
मंगलबारदेखि सुरु भएको एमाले कास्कीको आठौ अधिवेशन विहीबार सकिनेछ। बुधबारदेखि अधिवेशनको बन्दसत्र सुरु हुने एमालेले जनाएको छ। अधिवेशनको उद्घाटन हुनुअघि पोखराको विभिन्न भागबाट निस्केको जुलुस चिप्लेढुंगामा पुगेर टुंगीएको थियो। पृथ्वीचोकबाट निस्केको जुलुसको अध्यक्ष खनालले नेतृत्व गरेका थिए।