काठमाडौं–'निर्णायक' भनिएको बुधबार बेलुकाको वार्तामा नेपाली कांग्रेस अनुपस्थित भएपछि वार्ता सामान्य गफगाफ र चियापानमै सकिने अनुमान गरिएको थियो।वार्ताको टेवलमा जुटेका मधेसी मोर्चा तर्फका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पूजामा बोलेका कुराको प्रशंग झिक्दै सरकार मोर्चाका मागहरु प्रति लचक हुनुपर्ने तर्क गरे। मोर्चा तर्फका सदस्य अशोक राईले भने 'प्रधानमन्त्रीज्यूले पूजाको थाली नै बोकेर भन्नु भएको थियो, विश्वास त गर्नै पर्याे।'
राईले सरकार गम्भीर भएको महशुस गरेर आफूहरु वार्तामा आएको भन्दै माग सम्बोधन गर्न दवाब बढाए। सोही प्रशंग टपक्क टिपिहाले अर्का नेता उपेन्द्र यादवले–'तर एउटा कुरा छ है,' उनले बोल्ने पालो छोप्दै भने 'छठमा के छ भने, जसले छठको थाली उठाएर जे भन्छन् नि, त्यसको विपरितमा गए उसैको दुर्दशा वा दशा लाग्छ है।' नेताहरु गलल्ल..हाँसे। यादव रोकिएनन्, उनले सरकारी वार्ता टोलीको सदस्य अग्नी खरेललाई भने 'अग्नीजी यो कुरा प्रधानमन्त्रीज्यूलाई भन्दिनु होला गएर, सुनाईदिनु होला।'