काठमाडाैं-अान्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वकर्ता मध्येका एक नेता उपेन्द्र यादवले अाैषधिको गाडीमा अागजनी भएको खबर अाफूकहाँ नअाएको बताएका छन्। ‘मलाइ त थाहै छैन, के भएको रहेछ म बुझ्ने छु,’
मोर्चासम्बद्ध दल संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले नागरिकन्युजसँग भने ‘अाैषधिका गाडी दिउसोमा गन्तव्यसम्म पुर्याउन हामी प्रतिबद्ध छाैं।’ उनले मोर्चाले निर्णय गरेअनुसार नै अाैषधिका गाडी नरोकिने प्रतिबद्धता दोहोर्याए।
‘हामीले विराटनगर नाकाबाट दिउसोको समयमा अाैषधिका गाडी गन्तव्यमा पठाउने भनेका छाैं,’ यादवले भने ‘अाैषधि’ लेखिएको ब्यानरसहित गाडीहरू गन्तव्यमा पठाउन हाम्रो अवरोध हुनेछैन।’
मोर्चाले औषधि भित्र्याउन दिइने निर्णय गरेको एकदिन नबित्दै वीरगन्जमा औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरि अागजनी गरिएको घटनाले मोर्चा अाफ्नो निर्णयमा प्रतिबद्ध नभएको संकेत दिएको छ। अागजनी हुँदा ट्रकमा लोड गरिएको लाखाैं मूल्यको औषधि जलेर नष्ट भएको छ।
मोर्चाले औषधि आयातमा रोक नलगाउने बरू गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने बिहीबार वेलुका विज्ञप्ति मार्फत जनाएको थियो। यही सूचनाका अाधारमा नाका क्षेत्रमा रोकिएका अाैषधि लोड गरेर गन्तव्य तर्फ पठाउन लागिएको थियो। ट्रकमा 'औषधि' लेखिएको ब्यानर समेत राखिएको थियो।
नेशनल ट्रेडिङ अगाडि औषधि बोकेको ना २ ख ८३९२ नम्बरको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ।