काठमाडाैं-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अायोजना गरेको सत्तारूढ दलसहितको बैठकमा प्रमुख दलहरूबीच साझा धारणा बनाएर अघि बढ्नेबारे छलफल केन्द्रित रहेको छ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा शनिबार बिहान बसेको बैठकमा मेधस अान्दोलन र भारतीय नाकाबन्दीबाट उत्पन्न समस्या समाधान गर्ने सन्दर्भमा प्रमुख दलहरूबीच देखिएका मतान्तर हटाएर साझा धारणा बनाउनु पर्नेमा बैठक केन्द्रित रहेको थियो।
वैठक पछि नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र वडुले मधेस अान्दोलन र भारतीय नाकाबन्दी लगायतका समस्या समाधानमा सरकार पक्षीय दलहरूको सकृयता कमजोर देखिएपछि प्रतिपक्षी दलको तहबाट समस्या समाधानका लागि पहल थालिएको बताए। उनले वार्ता र सहमतिका अाधारमा समस्याको समाधान खोज्नु पर्ने भन्दै त्यसका लागि कांग्रेस सहयोगी हुने बताए।
बैठकमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पाैडेल, प्रकाशमान सिंह, दिलेन्द्र वडु, महेश अाचार्य सहभागी थिए। सरकार पक्षीय दलका तर्फबाट एकीकृत माअोवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, राप्रपा नेपाल अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, राप्रपा अध्यक्ष पशुपति सम्शेर राणा लगायत सहभागि थिए।