काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूँ नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक अघि बढाउने विषयमा छलफल गर्न आइतबार विहान नौ बजे संसदीय दलको बैठक बोलाएको छ।भोली वस्ने व्यवस्थापिका संसद बैठकमा संशोधन विधेयक अघि बढाउन दबाब मूलक भूमिका निर्वाह गर्ने विषयमा संसदीय दलको बैठक बोलाएको कार्यवहाक सभापति रामचन्द्र पौडेलले जानकारी दिए। यसअघि शनिबार मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभासदले मधेसको मुद्दा मधेसी दलको मात्र भएको नबुझ्न नेतृत्वलाई दबाब दिएका थिए।
उनीहरुले मधेसको समस्या समाधान गर्न नेतृत्वले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए। कांग्रेसले आइतबार बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक अघि बढाउन दबाबमूलक भूमिका निर्वाह गर्ने कांग्रेस नेता रामकृष्ण यादवले बताए।